नेपाली कांग्रेस दोलखाका सभापति जुवाको खालबाट पक्राउ

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा जुवाको खालबाट पक्राउ परेका छन्।  सभापति लामासहित १८ जनालाई कौडा खेलिरहेको अवस्थामा बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेको सूचना महानगरीय प्रहरी वृत्त बौद्धको टोली खटिएको थियो । टोलीले छापा मार्दा सभापति लामासहित १८ जना पक्राउ परेका हुन् ।  

सम्बन्धित सामग्री

कांग्रेस एक ढिक्का भएर अघि बढेको छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गर्नुभयो । सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने …

पूर्वजिल्ला सभापति चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश

नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक […]

शेरबहादुर देउवा गठबन्धनको सभापति भएको शेखर पक्षको आरोप

काठमाडौँ-  नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन्। बैठकमा […]

नेपाली कांग्रेस धनुषाको निर्वाचन शुक्रबार

जनकपुरधाम : नेपाली कांग्रेस धनुषाको सभापति पदको दोस्रो चरणको निर्वाचन शुक्रबार बिहान हुने भएको  छ।उम्मेदवारको सहमति र सहकार्य गर्ने निर्णयअनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि हुने जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए।यसअघि बिहीबार बिहान ८ बजेदेखि मतदान गर्ने सूचना प्रकाशन गरिएको थियो। सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको निर्वाचन गर्नुपरेको हो। धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर

नेपाली कांग्रेस सप्तरीको आज जिल्ला अधिवेशन हुँदै

राजविराज- नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा छन्। सभापति पदमा उम्मेदवारी दिनुभएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहनुभएका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहेका रामदेवलाई सङ्घीय सांसद तेजुलाल […]

नेपाली कांग्रेस थुलुङ दुधकोशी ७ का वडा सभापति राई पक्राउ

सल्लेरी, सोलुखुम्बु । नेपाली कांगे्रस थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का वडा सभापति पक्राउ परेका छन । हातहरियार खरखजना सम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा बुधबार घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषीराज ढकालले […] The post नेपाली कांग्रेस थुलुङ दुधकोशी ७ का वडा सभापति राई पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसले अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गर्‍योः प्रदेश सभापति पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफू स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्ने बताएका छन्।...

नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए। प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै […]

दैलेखका कांग्रेस पूर्व सभापति थापाको निधन

काठमाडौं। नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको आज बिहान ३ बजे दैलेख अस्पतालमा उपचारका क्रममा निधन भएको छ। स्वर्गीय थापा पार्टीको महासमिति सदस्य, नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल संगठनको पूर्व केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति थिए। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।