नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको मूल्य र मान्यताअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशले शनिबार स्याङ्जाको वालिङमा आयोजना गरेको ‘लोकतन्त्रको सवलीकरण र सुदृढीकरणमा नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा सभापति शर्माले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस बिपीकाे सिद्धान्तअनुसार सञ्चालित हुनुपर्ने बताउनुभयो । राजाले आफूलाई …