१८ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीपछि असन्तुष्ट खेलाडी राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन तयार भएका छन् । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, मुख्य प्रशिक्षक पुबुदु दशानायके र कप्तानबाट हटाइएका खेलाडी ज्ञानेन्द्र मल्लसहितको छलफलपछि खेलाडीहरु यथाअवस्थामा नै बन्द प्रशिक्षणमा फर्किन तयार भएका हुन् । […]