काठमाडौं- महिला क्रिकेट खेलाडी कविता गौतमको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल-सीप्यानले एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। गौतमकै कप्तानीमा तत्कालीन क्षेत्र नम्बर ६ जनकपुरले राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो। तर चोटका कारण उनी अहिले मैदानबाहिर छिन्। केही दिन अघि चर्चित युट्युब च्यानल ‘हेर्ने कथा’मा चोटले विथोलिएको गौतमको जीवनबारे सामग्री प्रकाशित भएको थियो।