फिर्ता भए विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी

काठमाडौं, १० असार।गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको छ । जसमा नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जन रहेका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन्।विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८० को मस्यौदासमेत तयार भएको श्रेष्टको भनाई छ।

सम्बन्धित सामग्री

'विशिष्ट'को सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

विशिष्ट व्यक्तिको सुरक्षा तथा गृह मन्त्रालयमा खटिएका एक सय ९४ सुरक्षाकर्मी नियमित डिउटीमा खटिएका छन्।  गृह मन्त्रालयले कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल प्रहरीबाट एक सय ३ तथा सशस्त्र प्रहरीबाट...

कार्यविधिविपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौँ- नेपाल सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सो कार्यविधि पालना गर्न सहयोग गरिदिन आग्रह गरेको हो । सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी […]

एक्सनमा रविः भने, नियमविपरितको सुरक्षाकर्मी फिर्ता गर

काठमाडौं। उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा फिर्ता गर्ने ४८ घण्टे निर्देशन जारी गरेका छन्। गृह मन्त्री भएपछि लामिछानेकबाट यो पहिलो निर्देशन जारी भएको हो। विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि,२०७७ अनुसार गृहले बहालवाला र पूर्व कर्मचारी÷सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ।

नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था अनुसार बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले कार्यविधिमा तोकिए अनु

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी राखेको भए ४८ घण्टाभित्र  फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न […]

गृहमन्त्री भएपछि रवि लामिछानेले दिए विशिष्ट व्यक्तिहरुलाई यस्तो निर्देशन

गृह मन्त्रालयले नियम विपरित तोकिएभन्दा बढी व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राख्ने विशिष्ट व्यक्तिलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। गृहले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको हो। विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि,२०७७ अनुसार गृहले बहालवाला र पूर्व कर्मचारी÷सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ। केही व्यक्तिले मापदण्डले दिएकोभन्दा बढी सुरक्षाकर्मी राखेपछि गृहले आज फिर्ता गर्न निर्देशन दिएको हो।

ज्ञानेन्द्रसहित क–कसले गरे सुरक्षाकर्मी फिर्ता, कसले गरेनन् ?

सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित सार्वजनिक पदाधिकारीको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिअनुसार मापदण्ड विपरितका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिक लेख्छ–पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ नागार्जुन बेस र २ वटा पिकअप भ्यान तथा पूर्ववप्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ खटिएका ५७ सुरक्षाकर्मी र एउटा अगु...