गृहमन्त्री भएपछि रवि लामिछानेले दिए विशिष्ट व्यक्तिहरुलाई यस्तो निर्देशन

गृह मन्त्रालयले नियम विपरित तोकिएभन्दा बढी व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राख्ने विशिष्ट व्यक्तिलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। गृहले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको हो। विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि,२०७७ अनुसार गृहले बहालवाला र पूर्व कर्मचारी÷सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ। केही व्यक्तिले मापदण्डले दिएकोभन्दा बढी सुरक्षाकर्मी राखेपछि गृहले आज फिर्ता गर्न निर्देशन दिएको हो।

सम्बन्धित सामग्री

सुरक्षाकर्मी र चालकको दुरूपयोग

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पुस १० गते पद बहाल गरेको २ दिनमै १२ गते कार्यविधि बाहिर विशिष्ट व्यक्ति लगायतको सुरक्षामा खटिएका र खटाइएका सुरक्षाकर्मी फिर्ता गराउने निर्णय गरे। त्यसपछि मन्त्रीको आदेशानुसार कार्यविधि बाहिर खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्नरगराउन गृह मन्त्रालयले दुवै प्रहरी संगठनलाई निर्देशन दियो। विशिष्ट श्रेणीका पदाधिकारी, पूर्वप्रधानमन्त्री, मन्त्री र अन्य […]

गृहमन्त्रीको पहिलो निर्णय आफैंलाई भारी

काठमाडौं, पुस २२। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए । मन्त्रालयका सचिव, सहसचिव, तथा अन्य अधिकारीलाई खटाइएका सुरक्षाकर्मी र सवारीचालकलाई सचिवस्तरीय निर्णय गरेर सम्बन्धित कार्यालयमा फिर्ता पठाइएको थियो । निर्णयको […]

एक्सनमा रविः भने, नियमविपरितको सुरक्षाकर्मी फिर्ता गर

काठमाडौं। उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले कार्यविधिविपरीत भीआईपीको पीएसओ र सेवा सुविधा फिर्ता गर्ने ४८ घण्टे निर्देशन जारी गरेका छन्। गृह मन्त्री भएपछि लामिछानेकबाट यो पहिलो निर्देशन जारी भएको हो। विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि,२०७७ अनुसार गृहले बहालवाला र पूर्व कर्मचारी÷सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ।