काठमाडौं : गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था अनुसार बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले कार्यविधिमा तोकिए अनु