जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ ।  मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा.रामकुमार श्रेष्ठले बताए । उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने । अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आव

सम्बन्धित सामग्री

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु

सोलुखुम्बु - सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने  निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ । स्वचालित रूपमा बिरामीको बेडमा नै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ । जिल्लामै अक्सिजन उत्पादन स...

सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान

सल्यान : सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ। फिलिङ सिस्टम सहितको प्लान्टबाट ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने छ।यसअघि जिल्लामा अक्सिजन प्लान्ट नहुँदा खाली सिलिन्डर रिफिल गर्न दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो। अब अक्सिजन जडान सिलिन्डर रिफिल गर्न अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथकुमार श्रेष्ठले बताए।अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

फुङ्लिङ– ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो । गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पतालको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताए । अहिले प्लान्टबाट तीन देखि […]

जिपी अस्पतालमै प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु

तनहुँ, १ माघ : जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले बताए । उनकाअनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ […]

कोसी अस्पतालले अक्सिजन उत्पादन गर्ने

मोरङ – विराटनगरस्थित कोसी अस्पतालले विभिन्न तीनवटा प्लान्टबाट अक्सिजन उत्पादन गर्ने भएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार अस्पतालमा दुईवटा अक्सिजन उत्पादन गर्ने क्षमताका प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ। अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा करिब १ करोड ७ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट भने सञ्चालन भइरहेको छ। जसले ९० देखि १ […]

पर्वत अस्पतालमा ८० लाखमा टर्किस प्रविधिको अक्सिजन प्लान्ट जडान थालियो

पर्वत : पर्वत अस्पतालमा झन्डै ८० लाख रुपैयाँको लगानीमा टर्कीमा बनेको अक्सिजन प्लान्ट जडान कार्य सुरु भएको छ। कोभिड–१९ संक्रमणको बेलामा अक्सिजनको आवश्यकता उच्च हुनु तथा १५ शैय्याको अस्पतालको स्तर वृद्धि गरेर ५० शैय्यामा परिणत भइसक्न लाग्दा थप एउटा अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार नेपाल मेडिकल एसोसिएसनको सहयोगमा एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको प्लान्ट भदौ ३० मा अस्पतालमा आइपुगेको थियो। कोभिडक

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने

पाल्पा : पाल्पा अस्पतालामा अक्सिजन प्लान्ट जडान भएको छ। प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने बताइएको छ।नेपाल सरकारले गत २०७८ जेठ ४ गते अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो। टेण्डर आह्वान गर्दा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।यहाँ उत्पादित अक्सिजन आवश्यकताअनुसार अन्य अस्पतालमा समेत वितरण गरिने पाण्डेले बताए। यहाँ युनाइटेट मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज छन्। यी अस्पतालमा आ

रुकुम पश्चिमको चौरजहारीमा अक्सिजन उत्पादन सुरु

रुकुम पूर्व : रुकुम पश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको हो। चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको हो।नगरपालिकाको एक करोड १० लाख रुपैयाँमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए। जसमध्ये साढे २ लाख लगानी अस्पतालले गरेको छ।प्लान्टले दैनिक ३२ देखि ३६ वटासम्म ४० लिटरका सिलिन्डर भर्न सकिने जनाइएको छ। रुकुमपूर्व, पश्चिम, सल्यान, जाजरकोटलगायत छिमेकी जिल्लालाई लक्षित प्लान्ट जडान गरिएको हो।विद्युत आपूर्त

राष्ट्रिय आविस्कार केन्द्रको पहलमा मिनी अक्सिजन प्लान्ट जडान

सल्यान : सल्यानको बागचौर नगरपालिकामा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ। कोभिड–१९ को महामारीबीच संक्रमितको लागि आवश्यक अक्सिजन अभाव हुन नदिन नगरपालिकाले स्थापना गरेको आइसोलेसन केन्द्रमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको हो।राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए।मिनी अक्सिजन प्लान्ट जडानपछि  संक्रमितलाई अक्सिजनको आवश्यकता पर्दा अभाव नहुने उनको भनाई छ। एक मिनेटमा ६७ लिटर अक्सिजन उत्पादन हुने र ए

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान

लमजुङ : जिल्ला सदरमुकाम बेसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान भएको छ। गण्डकी प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको हो। प्लान्ट जडानका लागि प्रदेश सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। चैत पहिलो सातादेखि भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नले काममा ढिलो भएको थियो।आवश्यक उपकरण जडान गरिएको र सम्भवत आगामी शनिवारदेखि अक्सिजन उत्पादन थालिने अस्पतालका प्रशासकीय