पर्वत : पर्वत अस्पतालमा झन्डै ८० लाख रुपैयाँको लगानीमा टर्कीमा बनेको अक्सिजन प्लान्ट जडान कार्य सुरु भएको छ। कोभिड–१९ संक्रमणको बेलामा अक्सिजनको आवश्यकता उच्च हुनु तथा १५ शैय्याको अस्पतालको स्तर वृद्धि गरेर ५० शैय्यामा परिणत भइसक्न लाग्दा थप एउटा अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार नेपाल मेडिकल एसोसिएसनको सहयोगमा एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको प्लान्ट भदौ ३० मा अस्पतालमा आइपुगेको थियो। कोभिडक