लमजुङ : जिल्ला सदरमुकाम बेसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान भएको छ। गण्डकी प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको हो। प्लान्ट जडानका लागि प्रदेश सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। चैत पहिलो सातादेखि भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नले काममा ढिलो भएको थियो।आवश्यक उपकरण जडान गरिएको र सम्भवत आगामी शनिवारदेखि अक्सिजन उत्पादन थालिने अस्पतालका प्रशासकीय