पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक ५० सिलिण्डर उत्पादन हुने

पाल्पा : पाल्पा अस्पतालामा अक्सिजन प्लान्ट जडान भएको छ। प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुने बताइएको छ।नेपाल सरकारले गत २०७८ जेठ ४ गते अक्सिजन प्लान्ट स्थापना गर्नका लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो। टेण्डर आह्वान गर्दा एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।यहाँ उत्पादित अक्सिजन आवश्यकताअनुसार अन्य अस्पतालमा समेत वितरण गरिने पाण्डेले बताए। यहाँ युनाइटेट मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज छन्। यी अस्पतालमा आ

सम्बन्धित सामग्री

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान, उत्पादन सुरु

तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए। उनका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो।

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान

पाल्पा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट उत्पादन थालिएको छ । प्रेसर स्विङ एडजप्सन (पीएसए) विधिको प्लान्टसँग ४ सय २० लिटर प्रतिमिनेट उत्पादन क्षमता छ ।

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्न आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।   तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि १ करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि ३ करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो । अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उद्यारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताए । जिल्लामा निषेधाज्ञा फितलो भएसँगै कोरोना संक्रमणको दर उच्च हुँदै गएको छ । अक्सिजन प्लान्ट जडानका लागि विद्युत्लगायत अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य शुरू हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताए । पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिका निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारमा सास्ती खेपेका थिए । पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कँुवरले बताए । रासस

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा

पाल्पा– पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति रु एक करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

पाल्पा र दाङमा थपियो निषेधाज्ञा

जेठ १४, पाल्पा । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।  कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए ।  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रू. १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरीद गर्न रू. ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिए । हालसम्म जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकोमा तीन हजार ४३५ जना सक्रिय संक्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको कोरोना संक्रमणकाबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  दाङमा निषेधाज्ञा दश दिन थपियो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले निषेधाज्ञा थप दश दिन लम्ब्याउने निर्णय गरेको हो । संक्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने  पलना गराउने बैठकले निष्कर्ष निकालेको छ । बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ । यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन पसलधनी र उपभोक्ताले बिषेश ध्यान दिन भनिएको छ । रासस