काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन्। किरातीले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं। हाम्रो संस्कृति नीति बनाउनै सकेनौं।’