विदेशीले तालिम दिएका अफगान स्नाइपरलाई तालिबानले गर्‍यो हत्या

बेलायतको विशेष फौजसँग मिलेर काम गरेका एक अफगान स्नाइपरलाई तालिबानले उनकै परिवारअगाडि हत्या गरेको छ ।  नूर नामक ती स्नाइपरलाई काबुलमा उनको बहिनीको घरमा भेटेको हो । त्यसपछि दुईजना बन्दूकधारीले उनलाई भुइँमा लडाएर छातीमा तीनवटा गोली हानेका थिए ।  बेलायतले तालिम दिएको अफगान इकाइ सीएफ३३३ का उनी सदस्य थिए । तालिबानले काबुल कब्जा गरेपछि अरूलाई उद्धार गरिएको भए पनि उनी काबुलमै थिए । उनले अन्य स्थानमा जानका लागि निवेदन दिए नदिएको स्पष्ट छैन ।  यस हत्याले बेलायती सेनाका सदस्यमा आक्रोशको लहर छाए...

सम्बन्धित सामग्री

अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती

एजेन्सी । अफनिस्तानमा ८०० भन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन् । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका ८०० भन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन् ।

युक्रेन युद्धमा रुसका राष्ट्रपति पुटिनले ३० हजार अफगान सेनालाई मैदानमा उतार्दै

युक्रेन र रुसबीचको युद्ध नवौं महिनामा प्रवेश गरेको छ । युक्रेनको कडा प्रतिरोधबाट बच्न रुसले अब नयाँ योजनामा ​​काम गरिरहेको छ । रूसी सेनाका शीर्ष अधिकारीहरूले ३० हजार विशेष अफगान सैनिकहरू भर्ती गर्न हेरिरहेका छन्। यी अफगान सैनिकहरूलाई बेलायती सेना र अमेरिकी सिलहरूले तालिम दिएको जानकारी मिडिया रिपोर्टमा दिइएको छ। भारी क्षति, कमजोर आपूर्ति र […]

भारतमा प्रशिक्षण लिएर २५ अफगान सैनिक स्वदेश फिर्ता

काठमाडौँ– भारतमा तालिम लिएका अफगानिस्तानका सैनिकहरुलाई राजधानी काबुलमा स्वागत गरिएको छ । भारतको उत्तराखण्ड राज्यको देहरादुनस्थित भारतीय सैनिक विद्यालयमा प्रशिक्षण लिएका २५ जना अफगान सैनिक स्वदेश फर्केका हुन् । उनीहरुलाई राजधानी काबुलको विमानस्थलमा स्वागत गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गत वर्षको अगस्ट महिनामा तालिबानले शासन आफ्नो हातमा लिनुअघि ती अफगान सैनिक प्रशिक्षणका […]

अफगानिस्तानको अन्योल

सन् २०१६ देखि २०१९ सम्म म संयुक्त राष्ट्रसंघको आप्रवासी संगठनको कार्यक्रम प्रबन्धक भएर मानव बेचबिखन र लैंगिक सवालमा अफगान सरकारलाई नीति बनाउन सघाउने, भरखर अगाडि आएका गैसस र सञ्चारमाध्यम त्यसमा पनि रेडियोलाई आफ्नो कार्यक्षेत्रभित्रका विषयमा तालिम दिएर जनचेतनामूलक रणनीति बनाइदिने जिम्मेवारीसहित अफगानिस्तानमा कार्यरत थिएँ ।

अफगानिस्तान यो हालतमा आइपुग्नुमा त्यहाँका नेता नै जिम्मेवार – बाइडेन

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालिबानको कब्जामा आउनुमा अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेका बताउनु भएको छ । राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए । यसप्रति टिप्पणी गर्दै बाइडेनले अफगानिस्तानमा अहिलेको अवस्था आउनु नेताहरु नै जिम्मेवार रहेका बताउनु भएको हो । उहाँले अफगान सेनालाई उत्कृष्ट तालिम र हतियार दिएको तर उनीहरुले तालिबानसँग युद्ध गर्न नसकेको टिप्पणी गर्नु भएको छ । अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा र...

तालिबानलाई रोक्ने अफगानिस्तान सरकारको नयाँ योजना– स्थानीय समूहको सैन्यकरण

अलजजिरा।तालिबानको बढ्दो प्रभावलाई रोक्न अफगानिस्तान सरकारले स्थानीय समूहको सैन्यकरण गर्ने भएको छ।स्थानीय समूहहरुलाई सैन्य तालिम दिएर उनीहरुलाई तालिबानविरुद्ध उतार्ने योजना रहेको गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले बताए।तालिबानविरुद्ध अपनाइने तीन रणनीतिमध्ये एक स्थानीय समूहलाई सैन्य तालिम दिने रहेको उनले जनाए।अफगान सरकार हाल मुख्य राजमार्ग,सहर र सीमाको सुरक्षामा केन्द्रित रहेको उनले बताए।तालिबानले पछिल्लो एक सातामा ९ वटा प्रान्तीय राजधानी कब्जा गरेको छ।

अफगानिस्तानमा आठ सय युवा राष्ट्रिय सेनामा भर्ती

अफगानिस्तान आठ सयभन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन् । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका आठ सयभन्दा बढी अफगान युवाहरू राष्ट्रिय सेनामा भर्ना भएका हुन् ।