काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालिबानको कब्जामा आउनुमा अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेका बताउनु भएको छ ।
राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए । यसप्रति टिप्पणी गर्दै बाइडेनले अफगानिस्तानमा अहिलेको अवस्था आउनु नेताहरु नै जिम्मेवार रहेका बताउनु भएको हो । उहाँले अफगान सेनालाई उत्कृष्ट तालिम र हतियार दिएको तर उनीहरुले तालिबानसँग युद्ध गर्न नसकेको टिप्पणी गर्नु भएको छ ।
अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा र...