तालिबानलाई रोक्ने अफगानिस्तान सरकारको नयाँ योजना– स्थानीय समूहको सैन्यकरण

अलजजिरा।तालिबानको बढ्दो प्रभावलाई रोक्न अफगानिस्तान सरकारले स्थानीय समूहको सैन्यकरण गर्ने भएको छ।स्थानीय समूहहरुलाई सैन्य तालिम दिएर उनीहरुलाई तालिबानविरुद्ध उतार्ने योजना रहेको गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले बताए।तालिबानविरुद्ध अपनाइने तीन रणनीतिमध्ये एक स्थानीय समूहलाई सैन्य तालिम दिने रहेको उनले जनाए।अफगान सरकार हाल मुख्य राजमार्ग,सहर र सीमाको सुरक्षामा केन्द्रित रहेको उनले बताए।तालिबानले पछिल्लो एक सातामा ९ वटा प्रान्तीय राजधानी कब्जा गरेको छ।