काठमाडौँ : एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको आज (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ।संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।लगातार दोस्रो खेलमा भएको पराजयसँगै नेपालको सेमिफाइनल पुग्ने गणितीय सम्भावना कमजोर बनेको छ। नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालका लागि अर्नुन कुमालल