यू-१९ एशिया कप : खेल जित्न नेपाललाई २६२ रनको लक्ष्य

काठमाडौँ : यूएईमा जारी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा अफगानिस्तानले सबैभन्दा ठूलो स्कोर बनाएको छ। नेपालविरुद्धको खेलमा अफगानिस्तानले अहिलेसम्मकै सबैभन्दा बढी रनको स्कोर बनाएको हो। दुबईको आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ४९ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनायो। नेपालले जितका लागि २६२ रन बनाउनु पर्नेछ।अफगानिस्तानका लागि जमशीद जाडरानले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। १५२ बलको सामना गरेका उनले अविजित रहँदै सर्वाधिक १०६ रनको योगद

सम्बन्धित सामग्री

यू-१९ एशिया कप : श्रीलंका र बंगलादेशको विजयी शुरुवात

काठमाडौँ : १९ वर्षमुनिको यू-१९ एशिया कप क्रिकेटमा श्रीलंका र बंगलादेशले आ-आफ्ना खेल जित्दै विजयी शुरुवात गरेका छन्।समूह बी अन्तर्गत आज (शनिवार) भएको खेलमा श्रीलंकाले जापानलाई ७ विकेटले हराउँदा बंगलादेशले यूएईलाई ६१ रनले पराजित गर्दै विजयी शुरुवात गरेका हुन्। जितका लागि जापानले दिएको ७६ रनको सामान्य लक्ष्य श्रीलंकाले १२ ओभर २ बलमा ३ विकेटमात्र गुमाएर पूरा गर्‍यो। श्रीलंकाको जितमा कप्तान सिनेथ जयवर्धनेले सर्वाधिक २० रन र रुसान्डा गमागेले १८ रनको योगदान गरे। त्यसअघि दुबईको आईसीसी क्रि

विश्वकप र एशिया कप छनोट : नेपाल र यमन भिड्दै

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो । उहाँले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले …

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ– आगामी भदौ १३ देखि ३१ गते (अगस्ट ३० देखि सेप्टेम्बर १७) सम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ […]

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं : आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्ने पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ।एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो।आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ। यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ।प्रतियोगिताका १३ खेलमध्ये ४ खेल पाकिस्तानमा हुनेछन् भने बाँकी

अभियान टिप्पणी: एशिया कप नेपालमा

एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट भएको छ । सरकारले एउटा गतिलो स्टेडियमसम्म बनाउन नसकेको अवस्थामा खेलाडीले आफ्नो कौशल देखाएर एशिया कपमा छनोट भएका छन् । खेलकूदका पूर्वाधारमा लगानी नगर्ने र खेलाडीलाई उचित प्रोत्साहन नगर्ने सरकारले खेल जितेपछि पुरस्कारको घोषणा गरेको छ । तर, पुरस्कारको रकम भने नदिने चलन छ । यसरी खेलकूदको विकास हुन सक्दैन ।  क्रिकेटमा नेपालको सफलता ऐतिहासिक नै हो । तर, अहिलेसम्म नेपालले एउटा पनि क्रिकेट स्टेडियम बनाउन सकेको छैन । क्रिकेट प्रतियोगिता भएको त्रिभुवन विश्वविद्यालयको स्टेडियम भारतले खेल सञ्चालनका लागि बनाएको हो जुन पूर्ण सुविधाको स्टेडियम होइन । सरकारले मूलपानीमा बनाइरहेको स्टेडियम अझै बनिसकेको छैन । कलाकार सीताराम कट्टेलले सर्वसाधारणबाट पैसा उठाएर चितवनमा बनाउन थालेको स्टेडियम पैसा नभएर काम रोकिएको छ । यसको स्वामित्व सरकारले लिने निर्णय गरे पनि अझै यसले गति लिएको छैन । त्यसैले सरकारले पूर्वाधार निर्माणमा काम गर्नैपर्छ । खेलाडीले जति खेल खेल्न पाउँछन् त्यति उनीहरूको क्षमता निखारिन्छ । त्यसैले आन्तरिक प्रतियोगिताहरू पनि भइरहनुपर्छ ।  जेहोस्, नेपाली एशिया कपमा सहभागी हुन पाएको छ । तर, पाकिस्तानमा हुने यो खेलमा भारतले भाग नलिने बताइरहेको छ । यदि भारतले भाग लिएन भने यो खेल स्थगित नहोला भन्न सकिँदैन । २२ वर्षअघि पनि त्यस्तै भएको थियो । भारतले भाग नलिएका कारण प्रतियोगिता भएन भने नेपालले खेल्न पाउँदैन । अहिले भारतले खेल्ने खेल पाकिस्तान बाहिर खेलाउने र अन्य खेलचाहिँ पाकिस्तानमै खेलाउने गरी हाइब्रिड मोडलको कुरा भइरहेको समाचार सार्वजनिक भएको छ । यस्तोमा यी दुवै देशका लागि नेपाल उपयुक्त मुलुक हुन सक्छ । त्यसैले नेपालले खेल कूटनीति प्रयोग गरेर पाकिस्तान र भारतलाई यसमा राजी गराउन सक्छ । पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलन हुन नसकेकाले नेपालले यसको अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन । त्यसैले अध्यक्षको हैसियतले भारतले खेल्ने जति खेल नेपालमा गराउन पहल गर्दा सम्भव हुने देखिन्छ । यो अवसरबारे लामो समयदेखि छलफल पनि भइआएकै हो । त्यसैले यो अवसर उपयोग गर्न नेपालले पहल गर्दा सफलता हात लाग्न सक्छ ।

आगामी शनिबार पोखरामा तेस्रो एशियन कप ट्रायथोलन

आगामी शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैंछ। आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको तेस्रो संस्करण हुने नेपाल ट्रायथोलन संघले जनाएको छ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्...

आगामी शनिबार पोखरामा तेस्रो एशियन कप ट्रायथोलन

आगामी शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैंछ। आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको तेस्रो संस्करण हुने नेपाल ट्रायथोलन संघले जनाएको छ। नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्...

एशिया कप टी-२० : बंगलादेशलाई आजको खेलमा अफगानिस्तान तगारो

एशियाकप टी-२० क्रिकेटको तेस्रो खेलमा मंगलबार अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दै छन्। समूह चरणमा बंगलादेश शारजाह मैदानमा आफ्नो पहिलो खेल खेलिरहँदा अफगानिस्तान भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने ध्याउनमा हुनेछ।खेल नेपाली समयअनुसार ७ः४५ मा शुरु हुनेछ।पछिल्लो समय शानदार प्रदर्शन गर्दै आएको अफगानिस्तान कप्तान मोहम्मद नाबी र अलराउन्डर रासिद खानको भरमा रहेको छ। त्यसो त श्रीलंकाविरुद्ध १० ओभरमा नै निकालेको जितले अफगानिस्तान उत्साही छ। बंगलादेश पनि पहिलो खेलमा नै जित निकाल्ने लक्

एएफसी महिला एशिया कप छनोट खेल असोज पहिलो साता हुने

नेपालको राष्ट्रिय महिला टोलीले २०२२ को एएफसी महिला एशिया कप छनोट अन्तर्गतको पहिलो खेलमा फिलिपिन्सको सामना गर्ने भएको छ । पहिलो खेलमा नेपालले फिलिपिन्ससँग असोज २ गते स्पर्धा गर्नेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार दोस्रो खेलमा नेपालले हङ्गकङ्गको सामना गर्नेछ । दोस्रो खेल असोज पाँच गते खेलाइनेछ । दुबै खेल उज्वेकिस्तानको तश्केन्तस्थित जार रङ्गशालामा खेलाइनेछ ।

एशिया कप छनोट: पहिलाे खेल नेपालले ओमनसँग खेल्ने

एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ ।  मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ । एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच ...