विराटनगर – लगातारको वर्षाका कारण आएको बाढी दुहबीमा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिडमा पस्दा विराटनगरमा विद्युत सेवा अवरुद्ध भएको छ। दुहबी ग्रिडमा पसेको बाढीका कारण सो केन्द्रमार्फत वितरण हुने सबै ग्रिडमा एकैपटक विद्युत अवरुद्ध भएको हो। विराटनगर वितरण केन्द्रले चारवटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ। टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी सब–स्टेशनबाट […]