बैतडीका विभिन्न स्थानमा गत ३ दिन यता विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ । ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए । उनले भने, ‘तीन द