चितवनविरुद्ध विराटनगर २-० ले विजयी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज विराटनगर सिटी एफसीले एफसी चितवनलाई २-० ले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरका पेड्रो मान्जी र सन्तोष तामाङले एक/एक गोल गरे। लिगका चारमध्ये दुईमा जित, एकमा बराबरी र एकमा पराजित भएको विराटनगर सात अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने चार खेलबाट दुई अंक जोडेको चितवन तालिकाको पुछारमा छ।

सम्बन्धित सामग्री

पचालझरना गाउँपालिकामा माओवादी विजयी

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी भएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिका […]

सर्लाहीको कौडेनामा काँग्रेस विजयी

सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका रूपेश कुमार विजयी ५ हजार २ सय ८१ मतले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत मात्र प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा काँग्रेसकी नगिना देवी विजयी भएकी छन् । नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गरिन् ।

कास्कीको रुपामा एमाले विजयी

कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गीमाया गुरुङले ४१३७ मत ल्याइन् ।यस्तै उपाध्यक्षमा लाल सुबा गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा काँग्रेसका नारायण श्रेष्ठ ४१५३ ले पराजित भएका छन् । यस्तै एमालेले वडा नम्बर २,३,४,५,६ र ७ मा प्यानलसहित विजयी भएको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा काँग्रेस विजयी

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसकी मिना कार्की विजयी भएकी छिन् । उपाध्यक्षमा पनि काँग्रेसकै ङवाङल्हाक्पा शेर्पा विजयी भए । अध्यक्षका विजयी मिनाले १२६० मत र उपाध्यक्षमा विजयी शेर्पाले १४११ मत ल्याएका हुन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर बस्नेतले १११३ र उपाध्यक्ष उम्मेदवार प्रमिला बस्नेत कार्कीले ८६७ मत ल्याउन सफल […]

रुपन्देहीको तीन वडामा राप्रपा विजयी

रुपन्देहीको तीन पालिकामा जारी मत गणनामा राप्रपाका तीन वडाअध्यक्ष विजयी भएका छन् । विजयी हुनेमा सिदार्थनगर नगरपालिका वडा नम्बर २का वडाअध्यक्ष छेदिलाल श्रीवास्तव विजयी भएका छन् ।  त्यसैगरी ओमसतिया गाउँपालिका वडा नम्बर...

नौमुले गाउँपालिकामा सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदी विजयी भएका छन् । उनले ३२ सय मत ल्याएर विजयी भएका हुन्।...

दाङमा कांग्रेसको विजयी सुरुवात

दाङमा नेपाली कांग्रेससले विजयी सुरुवात गरेको छ। जिल्लाको दङ्गिशरण गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा कांग्रेस विजयी भएको हो।...

पहिलो चरणमै विजयी हुने देउवाकाे दाबी

शनिबार सभापतिमा मनाेनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै देउवाले पहिलाे चरणमै विजयी हुने दाबी गरेका हुन् । उनले भने, 'सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।'

राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणामसहित)

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो । मतपरिणाम हेर्नुहोस्

कांग्रेस बूढानीलकण्ठमा राजाराम बुढाथाेकी विजयी

काठमाडौं : नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्।सभापति पदका लागि शनिबार भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याई विजयी भएका हुन्। उनका नजिकका प्रतिष्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्।यस्तै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् भने सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ। विजयी सबै राजारामकै प्यानल रहेको बताइए