जनकल्याण माविले दियो शिक्षकहरूलाई निःशुल्क ल्यापटप

काठमाडौँ। जनकल्याण मावि बौद्धले शिक्षकहरूलाई निःशुल्क ल्यापटप वितरण गरेको छ। प्रविधिमैत्री शिक्षणलाई जोड दिइरहेको विद्यालयले पछिल्लो समय ‘एक शिक्षक एक ल्यापटप कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। सो कार्यक्रममार्फत ८० प्रतिशत शिक्षकलाई विद्यालयले निःशुल्क ल्यापटप वितरण गरिसकेको र बाँकीलाई छिट्टै वितरण गरिने प्रअ कुमारी कमला राईले बताइन्। ल्यापटप वितरणले शिक्षकहरूमा उत्साह थपेको र भर्चुअल सिकाइ प्रभावकारी बनेको शिक्षक बविराम खनालले बताए।

सम्बन्धित सामग्री

उत्कृष्ट विद्यार्थीलाई साइनिङ नेपालले दियो ल्यापटप - NepaliPatra

काठमाडौँ। साईनिङ नेपाल फाउन्डेसनले तीन सामुदायीक विद्यालयका एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको छ। पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण गरेका हुन्। गौशालास्थित मङगलादेवी माध्यमिक बिद्यालयको हलमा कार्यक्रममा कामपा–९ का तीन सामुदायीक विद्यालयका एसईईमा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्याप्टप वितरण गरियो। गौशालास्थित मङगलादेबि […]

अझै शेयरको मूल्य घट्छ, बजार मूल्य र ब्याजदर बढ्छ : सभापति शाह

सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अझै शेयरको मूल्य घट्ने बताएका छन् । बुधवार महालेखापरीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले  अझै शेयरको मूल्य घट्ने बताएका हुन्।उनले अझै शेयरको मूल्य घट्ने, अझै बजार मूल्य र  ,ब्याजदर बढ्दै जाने बताए। उनले बाह्य कारणले अर्थतन्त्रमा समस्या आएको बताए। शाहले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताए  । उनले मुलुकको अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक भएकाm् अफठ्यारो परिस्थिति रहेको बताए । सभापति शाहले अहिलेको यो परिस्थिति नेपालको मात्रै नभएको बताए  । उनले कोरोना महामारीको बेला अमेरिकाले जथाभावि डलर छापेर बजारमा पठाएकाले विश्वभर समस्या भएको बताए । उनले भने ' वर्तमान परिस्थितीमा अर्थतन्त्र जटिल मोडमा छौं । अहिले अत्यन्तै बढी आयात भइरहको छ । विदेशी मुद्रा साढे ६ महिनालाई मात्रै छ । घरजग्गा,शेयरको मूल्य घटेको छ । बैंकको ब्याज बढेको छ । चारै तिरबाट हामीलाई अफठ्यारो परेको छ । हामी सबैले आफ्नो जिम्मेवारी पालना गर्नुपर्छ । यो जटिल परिस्थिति नेपालको मात्रै होइन संसारको हो । यो जटिल परिस्थितिलाई हामी मिलेर सामना गर्नुपर्छ । हरेक नागरिकले आफ्नो जिम्मेवारी लिएर देशलाई बचाउनु पर्छ । हाम्रो देशमा अफ्ठ्यारो परेर श्रीलंका जस्तो अवस्था भोग्नुपरो भने सबैलाई राम्रो हुँदैन । यो अमेरिकाबाट आएको हो । यो युक्रेन र रसिया युद्धले होइन । अमेरिकामा कोभिड भएको समयमा मनपरि डलर छाप्यो । सबैलाई पैसा दियो । धेरै पैसा बजारमा फाल्यो । उनीहरुले पैसा पाए कोहीले शेयरमा लगानी गरे,भारत लगायतका देशमा शेयरमा लगानी गरे । नेपालमा पनि गरे । कोरोनापछि अत्यन्त महँगी बढ्यो । बैंकहरुले बजारबाट पैसा तान्नको लागि ब्याज बढाए । यसरी सबै समस्या आएको हो । यसका सरकारले राम्रोसँग ध्यान दिनुपर्छ नत्र अफठ्यारो पर्छ । अझै शेयरको मूल्य घट्छ, अझै बजार मूल्य ,ब्याजदर बढ्दै जान्छ । यी सबै व्यवस्थापन नगर्न सक्नुपर्छ । अहिलेको विश्म परिस्थितीबाट देशलाई जोगाउनु हामी सबैको कर्तव्य हो । फजुल खर्च गर्न सक्नुपर्छ ।’शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताए । उनले महालेखा परीक्षकको ठूलो जिम्मेवारी भएकाले ऐन कानून परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए । सभापति शाहले लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने बताए । उनले अमेरिकामा ५ सय तथा भारतमा ७ सय युनिटको मात्रै लेखा परीक्षण गर्ने गरेको बताए । सभापति शाहले अब लेखापरीक्षक कार्यालयले जहाँ अर्बौंका ठेक्का र खर्बांैं कारोबार भएर बढी जोखिम भएका तथा बढी भ्रष्टाचार हुने युनिटहरुमा मात्रै लेखापरीक्षण गर्नुपर्ने बताए । उनले  अब लेखा परीक्षणमा २० वर्ष देखिको कम्प्युटर, ल्यापटप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी नभएको बताए । उनले भने,‘महालेखा परिक्षकलाई ठूलो जिम्मेवारी छ । हाम्रा ऐन कानूनमा केही परिर्वतन गर्नु पर्नेछ । हाम्रो ऐनले सबै युनिटलाई लेखारीक्षण गर्नु भन्छ । ६ हजार युनिटलाई लेखापरीक्षण गर्नुपर्छ । यो महालेखापरीक्षक कार्यालयले गर्नै सक्दैन । त्यस कारण उहाँहरुलाई जोखिममा आधारित लेखा परीक्षण गर्दा हुन्छ । संसारभरी जोखिममा आधारित मात्रै लेखापरीक्षण हुन्छ । भारतमा ७ सय युनिट भन्दा बढी गर्दैन । अमेरिकामा ५ सय भन्दा बढी गर्दैन । हामी हजार देखि १० हजार युनिटमा गर्छौं । जसमा हाम्रो परिणाम के हुन्छ ।त्यसकारण हाम्रो जोखिममा आधारित लेखापरीक्षण गर्ने हो । जहाँ अर्ब–अर्बको कारोबार छ त्यही हेर्ने हो । कर्मचारीले ५ सय रुपैयाँमा लिएको हेर्नु कुनै अर्थ छैन। हामीले हेर्ने भनेको अर्बौंका ठेक्का खर्बांैं कारोबार अन्य कारोबार छन् त्यहा बढी जोखिम छ । त्यहाँ नै भढी भ्रष्टाचार हुन्छ । हेर्ने त्यही हो । अब जोखिममा आधारित मात्रै लेखापरीक्षण गर्ने हो । अरुलाई महालेखाको प्रतिवेदन अनुसार गर्नु भनेर लेखिदिने हो । २० वर्ष देखिको कमप्युटर, ल्याप्टप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी छैन । त्यसले हामीलाई कँही पु¥याउँदैन ।’

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ । कम्पनीले ३ लाख ५० हजार मूल्य बराबरका ५ वटा नयाँ ल्यापटप आविष्कार केन्द्रलाई दिएको हो ।  ल्यापटपहरु कम्पनीका संस्थापक कुशल रिमाल, म्यानेजर सुदिप राई र मार्केटिङ्ग म्यानेजर विदित सिंहले आविष्कार केन्द्रमा गएर केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरेका हुन् ।  उक्त ल्यापटप...

प्रगति शिक्षा सदन माविले दियो शिक्षकहरूलाई ल्यापटप

काठमाडौं। ललितपुरको कुपण्डोलस्थित प्रगति शिक्षा सदन माविले शिक्षकहरूलाई निःशुल्क ल्यापटप उपलब्ध गराएको छ। विद्यालयले एक शिक्षक एक ल्यापटप कार्यक्रम सुरु गर्दै पहिलो चरणमा नेपाल युवा संगठनको सहयोगमा २० जना शिक्षकहरूलाई ल्यापटप वितरण गरेको प्रअ सूर्यप्रसाद घिमिरेले जानकारी दिए। शनिवार एक कार्यक्रम आयोजना गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरबाबु महर्जनको हातबाट शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो।