सामुदायिक विद्यालयका शिक्षकको बारम्बार एउटै गुनासो थियो– बढुवाको । वर्षौं आफ्नो सेवा व्यतीत गरे पनि माथिल्लो तहमा बढुवा हुन नपाउँदा जो कसैमा पनि नैराश्यता सिर्जना हुनु स्वाभाविक नै हो । यस सन्दर्भमा सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक अपवाद हुन सक्दैनन् । सधँै एकै किसिमको सेवामा कार्यरत रहँदा मानिसमा काम गर्ने जोश, जाँगरमा ह्रास आउनु नौलो विषय पनि होइन । त्यसैले पनि यो नैराश्यता हटाउन एवं उत्साह सिर्जना गर्न पनि बढुवा प्रक्रियाको प्रचलन सुरु गरिएको मान्न सकिन्छ । सेवामा उत्प्रेरणाका सिद्धान्त आफैँमा महìवपूर्ण पक्ष हो ।