दिनभर आजमा कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने, सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्न, गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी, घर आएका ओली र प्रचण्डसँग माधव नेपालले गरे वाम एकताको माग, टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजितलगायतका समाचारले प्रमुख स्थान पाए । कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने […]
काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरूङले जानकारी दिए।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य छुटाएर एमालेसहितका दलको समर्थनमा नयाँ सरकार गठन गरेका थिए।
काठमाडौं : वाम गठबन्धनको फुट र नेकपा एमाले टुक्रिएको अवस्थामा यसपटक सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसलाई चुनावमा सहज वातावरण बनेको थियो। त्यसमाथि पाँच दलसँग तालमेल गर्ने अनुकूल वातावरण पनि बन्यो। त्यही अनुसार कांग्रेसले सिट बाँडफाँडमा पनि सुरक्षित देखिएका ठाउँहरु छानेर लियो।
तर, गठबन्धनबाट ९१ सिट पाएको कांग्रेसले ६० सिटमा पनि…
काठमाडौं : निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधवार बिहान ९ बजेसम्मको नतिजा हेर्दा कांग्रेसले १३ स्थानमा जित निकालेको छ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं जित निकालेका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका…
६ मंसिर, काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् । उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी […]
३१ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ ।सुरुमा कांग्रेसले अग्रता लिए पनि वडा नम्बर १ र १६ को २०० मतगणना हुँदा एमालेकी उम्मेदवार मोहनमाया ढकालले अग्रता लिएकी हुन् । ढकालले ११४ मत पाएकी छन् । उनकका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले ८५ मत पाएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत पाएका छन् […]
२ वैशाख, पोखरा । नेपाली कांग्रेस, कास्की सभापति किशोरदत्त बरालको नेतृत्वमा गएका नेताहरुले सभापति शेरबहादुर देउवालाई भेटेर भने, ‘टिकट हामी जोसुकैलाई दिनुस्, तर मेयर कांग्रेसले लियो भने मात्र जितिन्छ ।’ कास्कीका नेताहरुको बिफ्रिङ सुनेपछि प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यसबारे छलफल नगरेको मात्र बताएनन्, पहिल्यै किन नजितेको त ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजी गरेका हुन् । प्रचण्डले तालमेलमा ‘सम्मानजनक हैसियत’को विषयलाईसमेत उठान गरे । कांग्रेसले मंगलबार केन्द्रीय […]
१६ मंसिर, धनगढी । कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुक र संविधानको रक्षा गर्न नेपाली कांग्रेसले सरकारको नेतृत्व लिएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार संविधान सिध्याउने षड्यन्त्रमा लागेकाले संविधान जोगाउने शक्तिहरु नेपाली कांग्रेसको नेतृत्वमा एकताबद्ध भएको उनको भनाइ छ । बिहीबार नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन […]