कांग्रेसले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।  सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरूङले जानकारी दिए।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य छुटाएर एमालेसहितका दलको समर्थनमा नयाँ सरकार गठन गरेका थिए।

सम्बन्धित सामग्री

ओली र रवि मिल्ने डर, धरमर बन्दै प्रचण्ड सरकार

काठमाडौं। शुक्रबार सपथ लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्ललेले एकै स्वरमा भने–‘असक्षम सरकारलाई बोकिरहनु आवश्यक छैन’ । सरकारबारे दुबैको साझा धारणा थियो। ‘अब सरकारमा जाने होइन, समर्थन फिर्ता लिन्छौँ’। यसबाट के प्रष्ट हुन्छ भने, रास्वपाले सकभर आजै नभए केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ।

समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो।सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो।

एमालेले पनि प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लियो (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन पनि फिर्ता लिएको छ । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय […]

ओलीलाई दिएको समर्थन फिर्ता भयो

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको मङ्गलबार पेरिसडाँडामा बसेका स्थायी कमिटिको बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । सो बैठकले केपी ओलीलाई प्रधानमन्त्रीमा दिएको समर्थन फिर्ता लिने बैठकले निर्णषय गरेको छ । तस्बिर रासस

समर्थन फिर्ता लिने अधिकार दाहाललाई

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने,‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) लाई दिइएको छ।’...

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई

नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । स्थायी कमिटी बैठकको दोस्रो दिन बुधवार सरकारलाई समर्थन नरहेको एजेन्डाबारे छलफल गर्दै बैठकले समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । नयाँ सरकार बन्ने सुनिश्चितता नभएको भन्दै माओवादीले समर्थन फिर्ता लिन ढिलाइ गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट भने माओवादी फिर्ता भइसकेको छ । सरकारले प्रतिनिधिसभा विघटनको ...

केही दिनमै सरकारको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो […]