इलाम २ मा पुनः मतगणना माग गर्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट निवेदन

काठमाडौं, मंसिर २२ । इलाम २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् । रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख […]

सम्बन्धित सामग्री

मुसिकोटमा पुनः मतगणना नगर्न उच्च अदालतको फैसला

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पुनः मतगणना नगर्न आदेश दिएको छ । मतगणनामा धाँदली भएको भन्दै नेकपा माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवारसहित दुई वडाअध्यक्षका उम्मेदवारले दर्ता गराएको मुद्धामा...

पोखरा महानगरपालिका–१८ मा पुनः मतगणना गर्नुपर्ने एमालेको माग

नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा  मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन...

पोखरा महानगरका १८ र ३१ वडामा पुनः मतगणना गर्न माग

पोखरा, १० जेठ । पोखरा महानगरपालिकाका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरिएको छ । नेकपा एमालेले १८ र ३१ वडामा मत कम भएको भन्दै पुनः मतगणना गर्न माग गरेको हो । एमालेले १९ वडामा ९ र ३१ वडामा ३ मत कम आएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो […]

पोखरा महानगरका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन […]

काठमाडौंमा पुनः मतगणना गर्न माग

काठमाडौं । काठमाडौं महानगरमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको छ । काठमाडौं महानगरपालिकामा कलम चिह्नबाहक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक कांग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी […]

काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन

काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गरेका छन् ।  स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि नि

तिलोत्तमा नगरपालिकामा पुनः मतगणना गर्न सत्ता गठबन्धनको माग

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलहरुले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क प्रस्तुत गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतगणना गर्न माग गरेका हुन् । आज बिहान कर्मचारीले ५९ लाई ९५ र २४ लाई ४२ बनाएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । त्यसलगत्तै मतगणना कार्य रोकिएको थियो ।

दुई मतले पराजीत गच्छदार पुनः मतगणना गराउँदै

काठमाडौं, पुस १। नेपाली कांग्रेस १४ औं महाधिवेशनमा उपसभापति पदमा विजय गच्छदारले दुई मतले पराजीत भएका छन् । देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङ ले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादार पुनः मतगणना गराउने तयारीमा छन् । गुरुङले १९०८ मत ल्याएका छन् भने गच्छादारले १९०६ मत ल्याएका छन् । दुई […]

चुनाव भएको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै

जनकपुरधाम : महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना हुने भएको छ। जिल्लाको मनरा शिसवा नगरपालिका वडा नम्बर-१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात सदर गरेको हो। अदालतको २०७५ असार २१ गतेको आदेश…

निर्वाचनको चार वर्षपछि मनरा सिस्वाकाे १० नं वडामा पुनः मतगणना हुँदै

सर्वोच्च अदालतले महोत्तरीको सिस्वा नगरपालिका वडा नं. १० बथनाहामा पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरको आदेश सदर गरेको छ। स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि सर्वोच्चले पुनः मतगणना गर्ने उच्च...