विभिन्न संवैधानिक आयोगमा नियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट परेको छ । संवैधानिक निकायमा नियुक्ति प्रक्रिया गैर संवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
हिजो नै रिट निवेदन दर्ता गर्न खोजेपनि बुधवार मात्र दर्ता भएको त्रिपाठीले जानकारी दिए । संवैधानिक परिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा ३२ जनालाई नियुक्त गरेकी थिइन् ।
नव नियुक्त पदाधिकारीहरुले बुधवार नै शपथ गरेर पदभार सम्हालिसकेका छन् ।