महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनसँगसँगै नियमित बजार अनुगमन गर्ने तयारी गरेको छ । महानगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक हरिप्रभा खड्गीले तिहार, म्हः पूजा लगायतका चाडपर्व पछि हप्तामा दुई पटक बजार अनुगमन गरिने बताउनुभयो । महानगरले दशैं यता भने नियमित अनुगमन जारी राखेको पनि उहाँले बताउनुभयो ।