सरकारले भदौ २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले संसद अधिवेशन अन्त्य गरेर ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निस्क्रिय गराउन लागि पनि चाँडै अधिवेशन बोलाउन बाध्य भएको हो । अध्यादेश रहिरहँदा सत्ता गठबन्धनमै रहेका राजनीतिक दल समेत फुट्न सक्ने जोखिम भएपछि सरकारले हतारमा अध्यादेश निस्क्रिय गराउन लागेको छ ।
सरकारले केन्द्रीय समिति वा संसदीय...