काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित नै नगरेर कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको हो ।
सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले दलीय व्यवस्था मिचेको र आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले बजेट ल्याएको एक...