काठमाडौं : भारतको बिहार राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ। सबैभन्दा धेरै २४ जनाको मृत्यु मसरखमा भएको छ भने बाँकी २९ जनाको सारणको इसुपुर, अमनौर र मरहौरा क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। थप १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र पाँच जनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विरामी अधिकांशको आँखाको ज्योति पनि गुमेको छ। सारणका जिल्ला मजिस्ट्रेट राजेश मीना