‘तरलताका कारण नै अर्थतन्त्रमा समस्या आएको हो’

२४ चैत, काठमाडौं । निजी क्षेत्रका सरोकारवालाले बजारमा तरलताको अभाव नै आर्थिक समस्या भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लगानी योग्य पूँजीको अभाव र राष्ट्र बैंकले पुनर्कर्जाको व्याजदर बढाउँदा समस्या उत्पन्न भएको बताए । उपाध्यक्ष श्रेष्ठले पुनर्कर्जाको व्याजदर ७ प्रतिशत हुँदा उद्योगी व्यवसायीको लागत खर्च बढ्ने गरेको बताए । महासंघले […]

सम्बन्धित सामग्री

व्यवसायी पलायनले अर्थतन्त्रमा समस्या

मुलुकभित्र देखिएको मन्दीका कारण व्यवसाय चल्न गाह्रो भएपछि व्यवसायीहरू विदेश पलायन हुने र अन्य विकल्प खोज्ने क्रम चितवनमा देखिएको छ । चितवनमा मात्रै होइन, मन्दीका कारण मुलुकका प्रमुख क्षेत्रमा व्यवसायहरू बन्द हुन थालेको र उद्योगहरूले उत्पादन कटौती गरिरहेको समाचार आइरहेका छन् । अर्थतन्त्रमा देखिएको यस संकटको घडीमा केही व्यावसायिक घरानाप्रति लक्षित गरी सार्वजनिक घृणा फैलाउने काम पनि भइरहेको छ । व्यवसाय गर्ने वातावरण बिग्रँदै गइरहेको बेला दुर्गा प्रसार्इंले खुलेयाम निश्चित समुदायको नामै किटान गरेर दोष थुपारिरहेका छन् । कानूनले उद्योग, व्यवसाय गर्ने सुविधा सबैलाई समान रूपले दिएको छ । खुला बजार अर्थतन्त्रको मूल मर्म नै यस्तो हो कि प्रतिस्पर्धामा जो खट्न सक्छन्, तिनै टिक्छन् । खुलेयाम अनर्गल प्रचार गर्दा यसले व्यवसायी र उद्योगीहरूमा चिन्ता बढेको छ । उनीहरू पनि पलायन हुन थाले भने मुलुकको अर्थतन्त्र डुब्ने सम्भावना बढ्छ ।  बुझाइ आआफ्नै होलान् । तर, मुलुकको अर्थतन्त्र निर्माणमा मारवाडी समुदायको योगदान उच्च रहेको छ । पुस्तौंपुस्तादेखि नेपालमा व्यवसाय गरेका यिनीहरूका विरुद्ध केही तप्काका मानिस खुलेर लागेका छन् । सांसदहरूले समेत अर्थतन्त्रको वास्तविकता नबुझी गलत सन्देश फैलाउने काम गरेको पाइन्छ । यस्ता अभिव्यक्तिले अर्थतन्त्रमा थप समस्या आउने देखिन्छ । यही कारण उद्योग व्यवसाय र रोजगारी सृजनामा योगदान दिएका व्यापारिक घरानाहरू अहिले निकै तनावमा रहेका छन् । कतिपय उद्योगपतिले त असुरक्षित हुनु परेको गुनासो गरिसकेका छन् । उद्योगपति नै असुरक्षित भएपछि उद्योग, व्यवसाय कसरी सञ्चालन हुने ? उद्योग नै सञ्चालन नभए सबल अर्थतन्त्रको के कुरा गर्ने ? बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ । यदि सरकार यस्ता कुरामा संवेदनशील नहुने हो भने त्यसले मुलुकभित्रै निकै ठूलो आर्थिक उथलपुथल ल्याउने निश्चित नै छ । अहिले जनताको क्रयशक्ति घटेको छ । क्रयशक्ति भए पनि उनीहरू खर्च गर्न डराइरहेका छन् । मुलुकमा व्याप्त निराशाका कारण सन्ततिहरू विदेशतिरै जान लालायित भइरहेको सन्दर्भमा नेपालमा अचल सम्पत्तिमा लगानी गर्नसमेत डराइरहेको अवस्था छ । त्यसैले उपभोग्य वस्तुदेखि विलासिताका वस्तुसम्मको कारोबार सुस्ताएको छ । उपभोक्ता र उद्योगीको मनोबल नउकासेसम्म अर्थतन्त्रले गति लिन सक्दैन । संकटको अर्थतन्त्रमा बढी कर लगाउनु प्रत्युत्पादक हुन्छ भन्ने यथार्थ सरकारले नबुझेको हो वा बुझेर पनि राजस्व बढाउनुपर्ने बाध्यताले हो करमा सरकार निकै अनुदार देखिएको छ । यसको मारमा उद्योगी व्यवसायी परेपछि उनीहरूले व्यवसाय बन्द गर्नु नै उपयुक्त देखेको हुन सक्छ । त्यही भएर कुनै बेला खोसाखोस हुने सटरहरू अहिले खाली छन् । महीनौंदेखि सटर खाली भएपछि घरधनीहरू तनावमा छन् । यस अवस्थाको अन्त्यका लागि सकारात्मक र आशावादी सन्देश प्रवाह गर्नु जरुरी छ ।  त्यसैले अहिले अर्थतन्त्रको उपचारमा सरकारले विशेष नीति ल्याउन आवश्यक छ । मुलुकलाई थप आर्थिक समस्यामा नलैजाने हो भने केही न केही नयाँ नीति ल्याउन आवश्यक भइसकेको छ । अर्थतन्त्र उपभोक्ताको आत्मविश्वासमा बढी चलायमान हुने हो । यो आत्मविश्वास जगाउने काम निकै चुनौतीपूर्ण देखिन्छ । किनभने समाजका हरेक पक्ष अहिले निराशाको अवस्थामा छ । यस्तो निराश जनतालाई घृणात्मक सन्देश दिएर उचाल्ने काम भइरहेको छ । यसले भोलिका दिनमा समाजमा अर्को द्वन्द्व ननिम्त्याउला भन्न सकिँदैन । वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले मात्र अहिले विपे्रषण आय बढिरहेको हो । यही विप्रेषणलाई देखाएर अर्थतन्त्र सुधारोन्मुख छ भन्न मिल्दैन । विप्रेषणमा जुनसुकै बेला समस्या आउन सक्छ । धेरै नेपालीहरूले काम गर्ने खाडी मुलुक र मलेशियामा कुनै समस्या आयो भने नेपालीहरू स्वदेश फर्कनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय राजनीतिका कारण ती मुलुकमा समस्या नआउला भन्न सकिँदैन । त्यसैले दीर्घकालीन र बलियो अर्थतन्त्रका लागि स्वदेशी उद्योग, व्यवसायको प्रवर्द्धन गर्नु अनिवार्य छ । बाह्य क्षेत्र खुकुलो भएको अहिलेको अवस्थामा सरकारले आन्तरिक लगानी बढाई उद्योगी व्यवसायीलाई विश्वासमा लिएर काम गर्ने हो भने डिलमा पुग्नै लागेको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन त्यति गाह्रो पनि नहुन सक्छ । तर, अहिलेको जस्तो नीतिहीनता रहिरहे अर्थतन्त्रको आगामी दिशा र दशाबारे यसै होला भनी आकलन गर्न सकिँदैन ।

व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशत मात्रै

कोभिड–१९ महामारीपछि थलिएको अर्थतन्त्रमा सुधार नआएको भन्दै निजीक्षेत्र चिन्तित देखिएको छ। अर्थतन्त्रमा समस्या यथावत् रहेको कारण व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशतभन्दा तल झरेको निजीक्षेत्रका तीन संस्थाले बताएका छन्।...

निर्वाचनपछिको सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन्। हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु कांग्रेसको मुख्य दायित्व रहेको सिंहले बताए। बुधवार बिहान मतदातासँगको भेटमा विद्यमान ऐन कानुनका कारण अर्थतन्त्रमा समस्या देखिएको गुनासो उद्योगी व्यवसायीबाट आइरहेको उल्लेख गर्दै नेता सिंहले…

‘रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आयो’

बैंक तथा वित्तीय सल्लाकार डा. शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । उनले कोरोना महामारीको बीचमा अत्यधिक रेमिटेन्स नेपाल भित्र्याएकाले बजारमा तरलता सहजताका कारण उत्पादन भन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन् । काठमाडौँमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै पोखरेलले तरलता सहज भएर अत्यधिक कर्जा आयातमा गएकाले अहिले बजारमा तरलता अभाव देखिएको बताए । उनले पछ

कुनै व्यक्तिका कारण अर्थतन्त्रमा समस्या आएको होइन : पूर्वगर्भनर रावल

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगर्भनर रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताएका हुन्  । पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या सम

बाह्य कारणले अर्थतन्त्रमा समस्या, व्यक्तिका कारण होइन : पूर्व गभर्नर रावल

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । बुधबार राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै अर्थतन्त्र समस्या रहेको र दुर्घटनामा जान सक्ने बताएका हुन् । तर, यो समस्या विश्वव्यापी रुपमा आएको भन्दै कुनै व्यक्तिको कारण अर्थतन्त्रमा समस्या नभएको उनले बताए । ‘अर्थतन्त्र समस्या त छ, […]

ओली सरकारका कारण अर्थतन्त्रमा समस्या : देव गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले अहिलेको आर्थिक सङ्कट देखापर्नुमा अघिल्लो सरकारका गलत नीति नै जिम्मेवार रहेको बताउनुभएको छ । मङ्गलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो । उहाँले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको बताउनुभयो । उहाँले अहिले देखापरेको अर्थतन्त्रको …

अर्थतन्त्रमा इन्धनको मूल्यको नकारात्मक असर

लगातार तीन साताभन्दा बढीको युद्धका कारण रूसको आफ्नो अर्थतन्त्रमात्र नभएर विश्वका धेरै अर्थतन्त्रमा समस्या उत्पन्न भइरहेको छ । रूस तथा युक्रेनको युद्धका कारण डलर, सुन तथा इन्धनको भाउमा लगातार प्रभाव पर्दै आइरहेको छ । त्यतिमात्र नभएर विश्वका सेयर बजारमा पनि यसको नकारात्मक असर देखिएको छ । युद्धले कुनै पनि समस्या समाधान गर्दैन; बरु मानवीय, आर्थिक, […]

‘स्पष्ट अर्थनीति नहुँदा समस्या’

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको स्पष्ट अर्थनीति नहुँदा अर्थतन्त्रमा समस्या देखापर्ने गरेको बताएका छन् । सरकारसँगै परिवर्तन हुने अर्थनीति र राजनीतिका कारण समस्याहरू देखिने गरेको उनको भनाइ छ । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा...