पर्यटकको आगमन बढ्न थालेपछि हरेक वर्षजसो नेपाल वायुसेवा निगममा केही न केही समस्या देखा पर्ने गर्छ । यतिबेला निगमका ४ मध्ये ३ जहाज ‘ग्राउन्डेड’ भएपछि कम्पनीको बदनामी विश्वभर फैलिएको छ भने ठाउँठाउँमा यात्रु अलपत्र परेका छन् । निगमको स्वामित्वमा २–२ वटा वाइडबडी र न्यारोबडी भए पनि मर्मत सकिएको तीन दिनभित्रै न्यारोबडी पुनः बिग्रिएपछि अन्योल सिर्जना भएको हो ।
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनको चरम लापरवाही र भीभीआईपीको भद्दा चाकडीका कारण ३१ जना यात्रु अलपत्र पर्दा निगमका अधिकारीहरूले भने गोलमटोल जवाफ दिएका छन् । बुधबार राति साढे ११ बजेको टिकट काटेर दुबई जान लागेका ३१ जना यात्रुलाई छाडेर निगमको वाइडबडी जहाज २ घण्टा अगाडि नै उडाइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल […]
स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ । आइतबारदेखि धनगढी–बझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो ।