काठमाडौं : रुकुमका लागि उडेको हवाईजहाजले नेपालगञ्जमा यात्रु अलपत्र पारेको भन्दै नेपाल वायुसेवा निगमलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ।त्रिभुवन विमानस्थलबाट सोमबार रुकुम चौरीजहारीका लागि उडेको निगमको जहाजले नेपालगञ्जमा यात्रुलाई अलपत्र पारेको थियो। काठमाडौंबाट उडेको निगमको ट्विनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले नेपालगन्जमै अवतरण गराएका थिए। आफ्नो ड्युटी सकिएको भन्दै बीचमै जहाज अवतरण गराइ यात्रुलाई अलपत्र पारेको भन्दै पयर्टनमन्त्री प्रेमबहादुर आलेले मंगलबार नेपाल