'के के सोचेर नर्सिङ पढेको थिएँ, अहिले यस्तो बिजोक हुनलाई रै'छ,' घोसेमुण्टो लगाएर उनी बोलिन्, ' कति सपना थिए, सबै चकनाचुर जस्तै भयो। अब त दिक्क लाग्यो। पानीपुरी चटपटे बेचेर बस्नुपर्ला...'
बोल्दाबोल्दै चुप भइन्। कुरा सुनेर सँगैका साथीहरु स्तब्ध। सबै मुखामुख गरे तर कसैको पनि बोली फुटेन। सबै उदास र निरास। अनुहारमा