काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।सोमबारबाट ललितपुर महानगरपालिकाभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ । यसबारे महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन् । उनले अर्को निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने बताए ।हाछेथुले