हामीले खाने पानीपुरी स्वस्थकर छ त ?

पहिले पहिले सामान्यतया तराईमा र उपत्यकाको निश्चित स्थानमा मात्र पाइने पानीपुरी आजभोलि हरेक गल्ली र चोकमा पाइन्छ । अझ स्कुल, कलेज पढ्ने विद्यार्थीले त दिनहुँजसो खान्छन् पानीपुरी। यसरी खुला रूपमा, बिना कुनै सरसफाइ जतासुकै बिक्री–वितरण हुने र अत्यन्त लोकप्रिय खाजा पानीपुरी खान कत्तिको स्वस्थकर छ त ? सडकमा बेचिने विभिन्न खाजा, खानेकुराहरूमध्ये पानीपुरी एउटा यस्तो […]

सम्बन्धित सामग्री

एमबीए होल्डरको 'पानीपुरी बार'

चैत १९ काठमाडौं । प्रविधिले अहिले हामीलाई धेरै कुरा सजिलो बनाइदिएको छ । प्रविधिसँगसँगै विकल्पको छनोट गर्न पनि सजिलो भएको छ ।  व्यवसायलाई लिएर होस वा अन्य कुरा सिक्नको लागि होस् नयाँ सोच केहि फरक तरिकाले गर्ने प्रयास गर्ने हो भने पक्कै सफलता मिल्छ । उपयुक्त समयमा उचित ठाउँमा आइडिया लगाउन सकेमा त्यसले राम्रो प्रतिफल दिनसक्छ । त्यसको उदाहरण बनेका छन्, २८ वर्षीय दामोदर बस्याल । बस्यालको एक आइडियाले फुटपाथमा हुने चटपटे, पानीपुरीको व्यापार बदलिएकाे छ । सामान्यतया पानीपुरीको व्यापार चोक- चोकमा गल्लीगल्लीमा नै हुने गरेको देखिन्छ । बनाउनेले जस्तो बनायो त्यस्तै खाने, ग्राहकको स्वस्थ र रुचीलाई ध्यान नदिएरै पनि पानीपुरीको व्यापार भएको पाइन्छ । तर, बस्यालले पछिल्लो समय पानीपुरीकाे व्यापार फरक तरिकाले गरेका छन् । करीब - करीब बारकै शैलीमा उनले पानीपुरीको व्यापार शुरु गरेका छन् । २०७६ सालमा एमबीएको प्रथम सेमेष्टर पढ्ने बेला एउटा प्रतियाेगिताकाे लागि भारतको गाजियाबाद गएका थिए । साेही बेला बाटो छेउमा विभिन्न स्वादका पानीपुरी बेच्न राखिएको देखेका थिए, बस्यालले । त्यसपछि बस्याललाई लाग्याे, ग्राहकको स्वास्थ र रुचीलाई ध्यान दिएर पनि पानीपुरीको व्यापार सकिदो रहेछ । नेपाल फर्केर ग्राहकको रुचीअनुसार फरक-  फरक स्वाद र फरक फरक स्वादमा पानीपुरी बनाउन थाले, काठमाडाै‌ंकाे कपनमा । फरक - फरक स्वादकाे पानीपुरी उपलब्ध गराउन थालेपछि माग पनि बढ्न थाल्यो । माग धान्नै हम्मे हुन थाल्याे । ग्राहककाे मागअनुसार पानीपुरी बनाउन सक्नुपर्ने अर्काे चुनाैती उनले महशुस गरे । अनि खोज्न थाले पानीपुरी मेकर मेसीन । उनले कतै पाएनन् पानीपुरी बनाउने मेसीन । त्यसपछि  आँफै मेसीन बनाउनतिर लागे, उनी । मेसीन बनाउन उनलाई २ वर्ष समय लाग्यो । आखिर उनले बनाएरै छाडे । उनले मेसीन बनाउने सबै सामग्री बाहिरबाट आयात गरे । सामान्यतया हामीले पानीपुरी भनेपछि आफैंले पानी राखेर खानुपर्ने बुझ्छाैं । तर बस्यालले बनाएको यो पानीपुरी भने मेसीनको सहायताले मन परेको स्वादमा खान पाइन्छ । मन परेको स्वादका लागि बटम थिचेर आफूले छनाेट गर्न पाइन्छ । उनले ७ प्रकारका स्वादका पानीपुरीमध्ये आफुले चाहेको  एउटै मेसिनबाट छनाेट गर्नसक्ने बनाएका छन् । एमबीएमा डिग्री हासिल गरेका उनले अहिले कपनमा "पानीपुरी बार" नामबाट व्यवसाय सञ्चानलन गरेका छन् । पाल्पाका दामोदर बस्यालले ५ लाख रुपैयाँको लगानीमा शुरु गरेको पानीपुरी  बारमा विभिन्न ७ ओटा स्वादका पानीपुरी खान पाइन्छ । उनका अनुसार अहिले उनको मासिक आम्दानी मासिक औषत १ लाख ५० हजार रुपैयाँ हुने गरेको छ । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका जागिरेसमेत रहेका बस्यालले जागिरलाई समेत निरन्तरता दिँदै व्यवसाय सम्हालिरहेका छन् । उनका अनुसार इमली, धनियाँ, पुदिना, अधुवा, कागती र तामाको स्वाद भएको पानीपुरी छ । सबै पानीपुरीको झोल मेसिनबाटै पाइन्छ । ग्राहकले आफूलाई मन परेको झोल राखेर पिरोको मात्रा पनि आफैंले रोजेर खानसक्ने उनले बताए । पानीपुरी बारको मुख्य उद्देश्य नै ग्राहकलाई विभिन्न परिकारको पानीपुरी एकै स्टेसनमा दिनसक्नु भएको उनको भनाइ छ । पानीपुरी बारमा अहिले दहीपुरी, चटपटे, चकलेटपूरी जस्ता २५  रुपैयाँदेखि १०० रुपैयाँसम्मका विभिन्न परिकार पनि पाइन्छ ।

पानीपुरीमा पिसाब मिसाइरहेको रङ्गेहात भिडियो बनेपछि ... [भिडियो]

कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । पानीपुरी खाने लत नै परेको हुन्छ कसैलाई । तर स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो ।  भिडियोमा ठेलावालाले जगमा पिसा...

चितवनमा पनि भोकालाई निःशुल्क खाना

नारायणी नदीकिनारमा पानीपुरी र आइसक्रिम बेच्दै आएका बाराका गोलु यादव लकडाउनले व्यवसाय ठप्प भएपछि अहिले के खाने

राेजाइमा चाट

कमलपोखरीको बिचमा एउटा स्टल राखिएको छ जहाँ हरेक उमेर समुहका मानीसहरुको भिड हुने गर्छ । कोहि चाट खादै थिए, कोहि पानी पुरीमा रमाउदै थिए, भो कोहि आफुले अर्डर गरेको खाने कुराको प्रतिक्षामा थिए , यो दृश्य हो कमलपोखरी स्थित ओम पानीपुरी चाट सेन्टरको । यहाँ हरेक दिनजसो यस्तै भिड लाग्ने गर्छ।

चटपटे र पानीपुरीमा हानिकारक तेल

यदि तपाईंले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गर्ने गरेको पाइएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो । विभागका शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोवीखोलानजिक एक कवाडी पसलबाट दूषित हानिकारक तेल बिक्री गरेको फेला परेको हो । “कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो,” शाखा अधिकृत पोखरेलले भने, “लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं ।”

यी महिलाले तोडिन् पानीपुरी खाने रेकर्ड (भिडियोसहित)

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank