ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्रको रेकर्ड बर्मुडाको नाममा

बीबीसी।बरमुडाले टोकियो ओलम्पिक २०२० मा सबैभन्दा कम जनसंख्या भएको राष्ट्रले स्वर्ण पदक जित्ने रेकर्ड आफ्नो नाममा बनाएको छ।६३ हजार जनसंख्या रहेको बरमुडाकी फ्लोरा डफीले ट्रायथलनमा स्वर्णपदक जितेकी हुन्।सन् १९७६ मा बक्सिङमा बरमुडाले काश्य पदक जितेको थियो।“मलाई लाग्यो यो जितमा पुरै बरमुडा खुसी मनाइरहेको छ।स्वर्ण जित्नु मेरो सपना थियो र मलाई थाहा थियो यो सपना मभन्दा पनि ठूलो छ”,डफीले भनिन्।