विश्वकै अग्लो स्थानमा उत्पादन हुने जुम्ली मार्सी धान घर भित्र्याउने बेलामा पानी परेपछि सबै धान बाढीले बगाएको छ । बाढीका कारण जुम्लाको तिला र तातोपानी गाउँपालिकाका केही खेत बगरमा परिणत भएको छ भने किसानलाई मार्सी धानको बीउ जोगाउन समेत मुस्किल परेको छ ।