काठमाडौं । नेपालको हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चामलले बनेको मार्सी बियर बजारमा उपलब्ध भएको छ । टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ । “मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै नै सोही मार्सी चामलले नै बनेको मार्सी बियर पनि अब – मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध छ । मार्सी बियर विशुद्ध नेपाली उत्पादन हो । मार्सी बियर अन्य बियरहरू भन्दा फरक स्वादको भ