मार्सी वियर बजारमा

काठमाडौँ – मार्सी वियर बजारमा आएको छ। हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चालमले बनेको मार्सी वियर, नाम मात्रले नेपाली होइन पौरखी हातहरूले मिहिनेत गरेर उत्पादन गरेको यस्तो नेपाली बियर हो, जुन स्वाद र अनुभवमा पनि नेपाली नै छ । टाइगर्स ब्रअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा आएको हो। ‘मार्सी चामल’को चौतर्फी चर्चा […]

सम्बन्धित सामग्री

टाइगर ब्रुअरीमा ७१ जनालाई रोजगारीको अवसर, प्लस टु पास र अनुभवै नभएका १७ जना माग

पुस १९, काठमाडौं। मार्सी वियर उत्पादन गर्ने टाइगर ब्रुअरीमा ७१ जना कर्मचारी माग गरिएको छ। कम्पनीले विभिन्न ८ ओटा विधामा ७१ जना कर्मचारी माग्दा १७ जना कर्मचारी भने प्लस टु उतिर्ण र अनुभव नभएका कर्मचारी माग गरेको छ। कम्पनीले ब्राण्ड मेनेजर २ जना, ट्रेड मेनेजर २ जना रिजनल सेल्स मेनेजर ७ जना, एरिया सेल्स मेनेजर ७ जना र सेल्स अफिसर १७ जना कर्मचारी माग गरेको छ। यी पदहरुमा कम्तिमा २ वर्षदेखि ५ वर्ष सम्मको अनुभव भएका अनुभवी कर्मचारी माग गरिएको छ। आईटी अफिसर २ जना र सेल्स सुपरभाइजर १७ जनाको लागि स्नातक उतिर्ण १ वर्षको अनुभव माग गरिएको छ।  रुट इन्चार्ज १७ जना कर्मचारीको लागि भने प्लस टु उतिर्ण योग्यता मात्रै माग गरिएको छ। इच्छुक व्यक्तिले १२ दिनभित्र कम्पनीमा आवेदन दिइसक्नु पर्ने छ। तलव सुविधाहरु भने आपसी सहमतिमा तय गरिने कम्पनीले बताएको छ।

दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि

काठमाडाैं : मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन्। यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रसाईं झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ ।उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल तथा मार्सी वियर उद्याेगका सञ्चालका हुन्। प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।