काठमाडौं, — हिन्दूहरूको पहिचान बनेको नमस्कार वा नमस्ते साधारण परम्परा होइन, यसका त कैयौं भौतिक र आध्यात्मिक फाइदा छन् ।
नमस्कार शब्दको उत्पत्ति नमः बाट भएको हो । नमस्कारको अर्थ हुन्छ, सबै मनुष्यको हृदयमा रहेको दैवीय चेतना र प्रकाशप्रतिको सम्मान ।
एक आत्माले अर्को आत्माप्रति सम्मान र आभार प्रकट गर्नका लागि बनेको शब्द हो नमस्कार ।
मिलाएर नमस्ते गर्दा दुवै हात अनाहत चक्रमा राखिन्छ, आँखा बन्द गरिन्छ अनि शिरलाई झुकाइन्छ । हातलाई हृदय चक्रमा ल्याएर दैवी प्रेमको बहाव ल्याउन सकिन्छ ।
नमस्कार गर्दा शिर झुकाउने र...