विगतमा भएको दशबर्से द्वन्द्वबाट सिर्जित अवस्था अब शान्तिमा परिणत भई देश अगाडि बढेको छ । तसर्थ निर्यात व्यापार बढाउने कार्यक्रम ल्याउन सबै पक्षले तदारुकता देखाउनुपर्दछ । विगतमा द्वन्द्वले मात्र होइन उद्योगी–व्यवसायीको क्षमता अभिवृद्धि गर्ने नीति–नियम सरकारले ल्याउन ढिला गर्दा निर्यात व्यापारले अपेक्षित सफलता पाउन नसकेको हो । अब निर्यातलाई देशको आधारस्तम्भ बनाएर देशको अर्थतन्त्रलाई अगाडि […]