बढ्दो बैंकिङ ब्याजदर वृद्धिलाई लिएर मोरङ व्यापार संघले आपत्ति जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले नजिकिँदै गरेकाे चाडपर्वको मुखैमा बढेको बजार महँगीसँगै बैंकिङ ब्याजदर र सुस्त स्थानीय बजारको स्थितिले अर्थतन्त्रको विकराल स्थिति झल्काएको संघले बताएको हो ।यस मुद्दाप्रति संघको गम्भीर ध्यानाकर्षण समेत भएको बताएको छ । ‘विगत केहि महिनादेखि चर्किँदै गएको बैंक ब्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाइले औद्योगिक/व्यावसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको सर्व विदितै छ ।