एजेन्सी। गतवर्ष नोभेम्बरमा संगितकार जावेद अख्तरले अभिनेत्री कंगना रनौतविरुद्ध दर्ता गराएको मानहानीको मुद्धाको सुनुवाईमा कंगनाले आफूलाई सधैंका लागि छूट दिनुपर्ने माग गरेकी छन्। यसका लागि कंगनाले अदातलमा एक आग्रह दर्ता गराएकी हुन्। कंगनाले आफू कामको व्यस्तताका कारण अदातलमा उपस्थित हुन नसक्ने तर्क गरेकी छन्। उनले आफू अदालतमा भौतिक रुपमा उपस्थित हुन नसक्ने र उनको तर्फबाट वकिल अदालतमा उपस्थित हुने बताइन्।