भारतीय सिनेमाका सर्वश्रेष्ठ लेखक तथा गीतकार जावेद अख्तर सोमवार बाट ७७ वर्षमा टेकेका छन् । उनका छोरा फरहान अख्तरले आफ्नो बुबाको पुरानो तस्बिर पोस्ट गरेर सामाजिक सञ्जालमा हृदयस्पर्शी टिप्पणी गरेका छन् । तस्बिरमा जावेद अख्तर समुद्रको छेउमा उभिएर नियाली रहेको दृश्य देख्न सकिन्छ। सो तस्बिर उनको जवान अवस्थाको हो ।