लगानी थपेर क्षमता विस्तार गर्दै रिभरफन बिच रिसोर्ट

काठमाडौं । चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा अहिले ५ करोड रुपैयाँ लगानी थपेर क्षमता विस्तार गरिएको छ । विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक एवं पारिवारिक वातावरणमा रमाउने स्वदेशी र विदेशीलाई सम्पूर्ण सेवा दिने उदेस्यले रिभरफन बिच रिसोर्टमा अहिले ५ करोड रुपैयाँ लगानी थपेर धमाधम क्षमता विस्तारको काम भईरहेको हो । वाटरपार्क निर्माणको काम अन्तिम चरणमा […] The post लगानी थपेर क्षमता विस्तार गर्दै रिभरफन बिच रिसोर्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गैँडाकोटमा खुल्यो नारायणी बिच रिसोर्ट

नवलपुरको गैँडाकोट नगरपालिकामा ‘नारायणी बिच रिसोर्ट’ सञ्चालनमा आएको छ । नारायणगढपारि कुसुमघाटको नारायणी किनारमा समुद्रको झल्को दिने गरी रिसोर्ट सञ्चालनमा आएको हो ।रिसोर्टको गैँडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले उदघाटन गरिन् । भोटेकोसी किनारमा...

उपप्रधानमन्त्री श्रेष्ठ जिपलाइनमा सरर... (तस्बिरहरू)

काठमाण्डाै – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदीमाथि रहेको 'रिभर फन जिपलाइन' मा सयर गर्नुभएकाे छ ।  १२ वर्षदेखि रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी 'रिभर फन बिच रिसोर्ट प्राली' ले पृथ्वी राजमार्गको चुम खोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा आज साेमवार मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गर्नुभएकाे हाे । मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गर्नुअघि डर लागेजस्तो भए पनि पछि उडान राेमाञ्चक भएकाे प्रतिक्रिया दिनुभ...

सय वर्षअघि काला जातिबाट जफत गरिएको रिसोर्ट उनीहरूका सन्ततिलाई फिर्ता

लसएन्जलस । झण्डै एकसय वर्षअघि काला जातिका मालिकहरूबाट जफत गरिएको अमेरिकाको क्यालिफोर्नियाको लसएन्जलसस्थित समुद्री किनारमा रहेको एउटा रिसोर्ट उनीहरूका सन्ततिलाई फिर्ता दिइएको सरकारी अधिकारीहरूले बताएका छन् ।  दक्षिणी क्यालिफोर्नियामा जातीय विभेद भइरहेको बेला काला जातिका मानिसका लागि मात्रै बिच रिसोर्ट बनाउन सन् १९१२ मा ब्रुस बिच खरिद गरिएको थियो । म्यानह्याटन...

टीभीएसद्वारा बागमती प्रदेशमा पहिलो राइड

काठमाडौं (अस) । दुईपांग्रे सवारीसाधन निर्माता कम्पनी टीभीएसले बागमती प्रदेशमा पहिलो राइड सम्पन्न गरेको छ । कम्पनीले राइडरमा सहभागी हुने इच्छुकको समूह बनाएको छ । कम्पनीले ग्राहकका लागि अपाचे अनरसिप ग्रुप (एओजी) बनाएको हो । राइडमा सहभागी हुने ३५ जनालाई शनिवार ‘धादिङ गोरखा बिच रिसोर्ट’सम्म पुर्‍याइएको हो । विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागीका लागि २०० भन्दा धेरै आवेदन परेपछि प्रक्रिया अनुसार ३५ जना छनोट गरिएको कम्पनीले जानकारी दिएको छ । टीभीएसले आफ्ना ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको छ । बागमती प्रदेशसँगै गण्डकी प्रदेशमा पनि एओजी राइडरका लागि दर्ता प्रक्रिया खुला गरिसकेको कम्पनीले बताएको छ । त्यस्तै नारायणी, कोशी, लुम्बिनी, महाकाली लगायत ठाउँमा पनि उक्त कार्यक्रम गरिने कम्पनीले बताएको छ ।

मेक्सिकोमा शक्तिशाली भूकम्प, सूनामीको चेतावनी

मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।मेक्सीकोको दक्षिण पश्चिम इलाकामा ७.० म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ ।लस अर्गानोस डी स्यान अगस्टिनको पूर्व–उत्तर–पूर्वमा ४ किलोमिटर पर, अका पुल्कोको प्यासिफिक बिच रिसोर्ट सिटीभन्दा लगभग ८ माइल पर आएको हो । गहिराई मापन गर्दा प्रारम्भमा ७.८ माइल गहिराइमा उक्त भूकम्प मापन गरिएको थियो ।भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनले जानकारी दिएको छ ।मेक्सिको शहरमा जमिन हल्लिन थालेपछि

त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिँदै

चितवन । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन बिच रिसोर्ट, बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रू. २ करोड लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन बिच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए । हाल उक्त जिपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि निर्माण शुरू गरिएकोमा निषेधाज्ञाले ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताए । उनका अनुसार ४८० मिटर लामो उक्त जिपलाइन निर्माण सम्पन्न भएपछि चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ । गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरे । गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सबै सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । चितवनको इच्छाकामना–३ का स्थानीयवासी प्रमोद पोखरेलले जिपलाइन सञ्चालनपछि गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाकामा विशेषगरी आन्तरिक पर्यटकको आवागमनमा वृद्धि हुने बताए । यसैबीच रिसोर्टको कम्पाउन्डमा स्काई रोप साइक्लिङ पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन बिच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको छ । रिसोर्टले पर्यटकका लागि ¥याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्टलगायत सुविधा दिँदै आएको छ । जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकको आवागमनमा वृद्धि हुने प्रबन्ध निर्देशक अधिकारीले बताए । रासस