काठमाण्डाै – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदीमाथि रहेको 'रिभर फन जिपलाइन' मा सयर गर्नुभएकाे छ ।
१२ वर्षदेखि रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी 'रिभर फन बिच रिसोर्ट प्राली' ले पृथ्वी राजमार्गको चुम खोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जिपलाइनमा आज साेमवार मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गर्नुभएकाे हाे ।
मन्त्री श्रेष्ठले जिपलाइनमा सयर गर्नुअघि डर लागेजस्तो भए पनि पछि उडान राेमाञ्चक भएकाे प्रतिक्रिया दिनुभ...