टीभीएसद्वारा बागमती प्रदेशमा पहिलो राइड

काठमाडौं (अस) । दुईपांग्रे सवारीसाधन निर्माता कम्पनी टीभीएसले बागमती प्रदेशमा पहिलो राइड सम्पन्न गरेको छ । कम्पनीले राइडरमा सहभागी हुने इच्छुकको समूह बनाएको छ । कम्पनीले ग्राहकका लागि अपाचे अनरसिप ग्रुप (एओजी) बनाएको हो । राइडमा सहभागी हुने ३५ जनालाई शनिवार ‘धादिङ गोरखा बिच रिसोर्ट’सम्म पुर्‍याइएको हो । विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागीका लागि २०० भन्दा धेरै आवेदन परेपछि प्रक्रिया अनुसार ३५ जना छनोट गरिएको कम्पनीले जानकारी दिएको छ । टीभीएसले आफ्ना ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको छ । बागमती प्रदेशसँगै गण्डकी प्रदेशमा पनि एओजी राइडरका लागि दर्ता प्रक्रिया खुला गरिसकेको कम्पनीले बताएको छ । त्यस्तै नारायणी, कोशी, लुम्बिनी, महाकाली लगायत ठाउँमा पनि उक्त कार्यक्रम गरिने कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

ग्याँसमा दुई थरीको मूल्य निर्धारण गर्ने सरकारको तयारी

काठमाडौं।सरकारले ग्याँसको मूल्य औद्योगिक प्रयोजनका लागि छुट्टै र घरायसी प्रयोजनको लागि छुट्टै निर्धारण गर्ने तयारी गरेको छ। प्रतिनिधिसभामा आर्थिक विधेयक २०७९ बहुमतले पारित भएको छ। नक्कली जारको पानी बेच्ने २ जनालाई पक्राउ गरेको छ। बागमती प्रदेशमा चैतसम्म अनिवार्य रुपमा पठाओ, टुटल जस्ता ‘राइड सेयर’ दर्ता गर्नुपर्ने भएको छ। सिरहामा लागूऔषध र नगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

टीभीएसले बागमती प्रदेशमा आयोजना गर्‍यो एओजीको पहिलो राइड

काठमाडौं । टू–ह्वीलर्स कम्पनी टीभीएसले बागमती प्रदेशमा अपाची अनर्स ग्रुप (एओजी)को पहिलो राइड आयोजना गरेको छ । १४ जेठमा आयोजित राइडमा राइडमा ३५ जना राइडरहरु सहभागी भएका थिए ।  कम्पनीले पहिलो राइड धादिङ गोर्खा बीच रिसोर्टमसम्म पुर्‍याएको थियो । विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा २०० भन्दा धेरै आवेदन फारम परेका मध्ये ३५ जना राइडर […]

बागमती प्रदेशमा टीभीएसको पहिलो राइड

टीभीएसले बागमती प्रदेशमा पहिलो पटक राइड कार्यक्रम सम्पन्न गरेको छ । जेठ १४ गते पहिलो राइड धादिङको गोर्खाबीच रिसोर्टसम्म भएको थियो भने जसमा ३५ जना सहभागी थिए । राइडमा नेपालका लोकप्रिय मोटोभ्लगर विविध जङ्ग थापालगायत उपस्थित थिए । कम्पनीले आगामी दिनमा नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि राइड सञ्चालन गर्ने छ। सो क्रममा राइडर्सहरुका लागि विभिन्न रोमाञ्चक खेलको आयोजना पनि थियो भने बिजेता हरुलाई पुरस्कार तथा सहभागीहरुलाई उपहार र प्रमाण पत्र वितरण पनि वितरण गरि