अमेरिकाबाट फर्केका थापा नेपालका १८ नदीमा र्‍याफ्टङि सञ्चालन, नदी किनार ‘सी बिच’ को झझल्को

चितवन । बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्छन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा वर्सेनि ठूलो संख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो । उनले यही ‘सी बिच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएका छन् । पर्यटन क्षेत्रमा चार दशक पार गरेका उनले पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुटेका हुन् । उनले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैँडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गरेका छन् । सँगै र्‍याफ्टिङ, ढुङ्गालगायतका जलक्रीडाका गतिविधिमा उनको लगानी छ । र्‍याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गरेका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा र्‍याफ्टिङ चलाएका  छन् । त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘र्‍याफ्टिङ’ चलाएको अनुभव उनीसँग छ ।  सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि काठमाडौँमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा लागेका हुन् । उनले भने, 'चार वर्ष जागिर खाएपछि म र्‍याफ्टिङतर्फ आकर्षित भए ।' शुरूआती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा र्‍याफ्टिङमै उनले जागिर खाए । यही क्रममा  उनी तालिमका लागि अमेरिका पुगे । अमेरिकाको तालिमसँगै विभिन्न देशमा उनले र्‍याफ्टिङमा जागिर खाए । यही क्रममा भारतमा र्‍याफ्टिङको शुरूआत आफैँले गराएको उनलेको दाबी छ । उनले भने, 'भारतमा शुरूआत गर्ने मै हो । नेपालमा हामीले र्‍याफ्टिङ, ट्रेकिङ कम्पनी खोलेर नै काम गर्‍यौँ ।' नेपाल फर्किएर उनले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटे बिच रिसोर्ट सञ्चालनमा ल्याए । जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर शुरू गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ । शुक्रबार साँझ सुकुटे बिच पुगेका गैँडाकोटका पत्रकार गोविन्द घिमिरेले भने, 'मलाई त विदेशको कुनै देश पुगेकोजस्तो अनुभव भयो । ' साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको उनले सुनाए । थापा र्‍याफ्टिङ एसोसिएसन र ट्रेकिङ एसोसिएसनको विभिन्न पद हुँदै अध्यक्षसमेत हुन् । विदेशी पर्यटक उनलेको सम्पर्कमा आएकै कारण सुकुटेले छोटो समयमा राम्रो ख्याति कमायो । सिन्धुपाल्चोकको साङ्गाचोक गढी नगरपालिका–९ मा सुकुटे बिच एभेन्चर रिसोर्ट छ । माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्छन् । मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन् । थापाले भने, 'एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन् ।' प्रधानमन्त्री, मन्त्रीहरूलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ । उनलेको दोस्रो रिसोर्ट गोरखाको बुटारमा गोरखा बिच रहेको छ । त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उनले बताए । यस्तै हालै मात्र गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उनलेको तेस्रो रिसोर्ट ‘नारायणी बिच एडभेन्चर रिसोर्ट’ रहेको छ । सुकुटेमा २० र गोरखामा १० र्‍याफ्टिङ डुङ्गा छन् । गैँडाकोटमा तीन मोटरबोट रहेको उनले जानकारी दिए । माथिल्लो सुनकोशी, त्रिशूली र नारायणी नदी किनारमा पर्यटकलाई मनोरञ्जन दिँदै आएका थापा कास्कीको माथिल्लो सेती नदी किनारमा नयाँ रिसोर्ट निर्माणको योजनामा छन् । उनले भने, 'नदी किनारलाई उपयोग गर्न सकियो भने बर्सेनि विदेश जाने नेपाली पर्यटकले यही खर्च गर्छन् ।' वर्सेनि रू. ३-४ अर्ब विदेश घुम्नेले खर्च गरेको भन्दै उनले नेपालका नदी किनारलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले भने, 'हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यही रोक्ने हो ।' विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ । उनलेका तीन ओटै रिसोर्टमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ ।  सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उनले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताए । रासस 

सम्बन्धित सामग्री

सिँगारिए पोखरी र नदी किनार

लोकआस्थाको महापर्व छठको दोस्रो दिन रुपन्देहीका जलाशय र नदी किनार बेहुली झैँ सिँगारिएको छ ।

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

नवलपुर – पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ। स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर […]

नदी किनार वरपर तारबार गर्न सांसद भट्टराईको माग

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गर्नुभयो । सांसद लेखनाथ दाहालले बिपी राजमार्गमा गत चैत २९ गते जीप दुर्घटना हुँदा चार भारतीय नागरिकको निधन भएको उल्लेख गर्दै उक्त राजमार्ग दैनिक चार हजार सवारीसाधन गुड्नका लागि बनाइएकामा दैनिक …

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए […] The post रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

काठमाडौं, पुस २१ । काठमाडौं उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ । प्राधिकरणमा रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि यो अभियान थालिएको हो । प्रारम्भिकरुपमा आएका उजुरीका आधारमा अध्ययन गरी रुद्रमती किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले […]

महाकाली नदी किनार तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई आज सतर्कता अपनाउन अपिल गरेको छ।भारतको धारचुला तपोवन स्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएकोले नदीमा पानीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन अपिल गरिएको हो। सिल्ट फ्लसिङको कार्य गर्न लागिएकाले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएको हो।  बिहान ५ देखि बेलुकी ८ बजेसम्म सिल्ट फ्लसिङको काम हुने जनाइएको छ। त्यस पश्चात समेत महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले स्थानीयहर

काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । […] The post काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

बच्चादेखि वृद्धसम्मकाे टहलिने ठाउँ बन्याे, नारायणी नदी किनार (तस्बिरसहित)

चितवन - चितवनको नारायणगढ बजार नजिकै रहेको नारायणी नदी किनारमा हरेक दिन चहलपहल बढ्ने गरेको छ । तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन, पारिलो घाम ताप्न र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तव्यस्थल बनेको छ, नारायणी नदी किनार । नदीमा चलाइने डुङ्गा र सेल्फी प्वाइन्टले सबैलाई आकर्षित गरेको छ । बजार नजिकै रहेको नदी किनारको खुला चौरमा दिउँसोको समयमा पारिलो घाम ताप्न र साँझमा टहलिनेहरुको निकै भीड लाग्छ । नदी किनारमा बिहानदेखि साँझसम्म नै चहलपहल देखिन्छ । बिहानपख मर्निङ वाक र योगा ग...

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा यस्तो देखियो नारायणी नदी किनार [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा एमाले नेता/कार्यकर्ताको चहलपहल तीव्र बनेको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार एमालेका झण्डा, ब्यानर र पोस्टरहरूले झकिझकाउ बनेको छ भने मञ्च पनि लगभग तयारी अवस्थामा छ । नारायणी नदी किनार वारिपारि नै एमालेले प्रचार सामग्री राखेको छ । नारायणीमा सञ्चालनमा आएको मोटर बोटमा समेत झण्डा राखिएको छ । भोलि हुने उद्घाटन शत्रका लागि एमाले अध्यक्ष ओली चितवन पुगिसकेका छन् । पदाधिकारीका आकांक्षी रहेका अधिकांश नेता पनि चितवन पुगेका छन् । हेर्नु...

एमाले १० औँ महाधिवेशन - सजाइँदै नारायणी नदी किनार (तस्बिरहरू)

चितवन – चितवनमा हुन लागेको नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनार सजाइँदै छ । महाधिवेशनका लागि नदी किनार सरसफाइ गरिएको छ ।नारायणी नदी किनार महाधिवेशनको उद्घाटन स्थल भएकाले अहिले मुख्य मञ्च बनाउने काम भइरहेको छ । यस्तै २५ ठाउँमा 'सेल्फी प्वाइन्ट' बनाइएको छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । याे महाधिवेशनकाे उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी हुने एमालेले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौर...