सियो आयात पनि बढ्यो, ९ महीनामा साढे ३ करोडभन्दा बढिको सियो नेपाल भित्रियो

वैशाख १९, काठमाडौ । नेपालले चालू आर्थिक वर्ष २०७८/ ७९ को तेस्रो त्रैमाससम्ममा विभिन्न देशबाट साढे ३ करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ । भन्सार विभागले सर्वजनिक गरेको विवरण अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्ममा उक्त मूल्य बराबरको २ करोड ९९ लाख ५५ हजार १६२ थान र १९ हजार २११ किलोग्राम सियो नेपाल भित्रिएको हो । नेपालले गत वर्षको सोही अवधिमा विभिन्न देशबाट २ करोड १६ लाख ६६ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो ।  सो मूल्यमा २ करोड ३५ लाख ८९ हजार ५१९ थान र १९ हजार २८८ केजी सियो नेपालले आयात गरेको थियो । गत आवको ९ महीनाको तुलनामा यो वर्षको सो अवधिमा सियो आयात ५४ प्रतिशतले बढेको भन्सार विभागको तथ्याकंले देखाएको छ । तथ्याकं अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारलगायतका मुलुकहरुबाट सियो आयात भएका छन् । ती मुलुकहरु मध्ये सबैभन्दा धेरै सियो भारत र चीनबाट आयात हुने गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालले चीनबाट २ करोड ४४ लाख ४५ हजार रुपैयाँ र भारतबाट ८० लाख ३० हजार रुपैयाँको सियो आयात गरेको छ ।  यसरी आयात हुनेमा कपडा सिलाउने सियोको परिमाण अस्पतालमा प्रयोग हुने सियोको भन्दा कम रहेको छ ।  

सम्बन्धित सामग्री

नौ महिनामा वैधानिक रुपमा नेपाल भित्रियो ३८ अर्ब ४० करोडभन्दा बढीको सुन

काठमाडौं, १३ वैशाख। पछिल्लो ९ महिनामा विभिन्न देशबाट नेपालले ३अर्ब ४करोड ४लाख २३ हजार रुपैयाँको सुन आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि चैत मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको सुन आयात गरेको हो। सो अवधिमा २ हजार ७६५.८६१ केजी सुन नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालले ३४ अर्ब ५१करोड ६५लाख २६हजार रुपैयाँको सुन आयात गरेको थियो।

११ महिनामा ६ करोड ४० लाखभन्दा बढीको अचार नेपाल भित्रियो

वीरगञ्ज- पछिल्लो समय देशमा उत्पादन हुने तथा सहजै पाइने गरेका विभिन्न वस्तुहरूको आयात बढेसँगै नेपालमा विदेशी अचारको आयातमा पनि वृद्धि भएको छ। सोही क्रममा चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा विदेशबाट नेपालमा अचारसमेत करोडौँको आयात भएको छ। नेपालमा सहजै पाइने तरकारी तथा विभिन्न फलफलहरूबाट अचार बनाउन सकिने भए पनि नेपालमा करोडौँ मूल्यको विदेशी […]

११ महिनामा नेपाल भित्रियो २ करोड ७४ लाखको भेप

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट नेपालमा २ करोड ७४ लाख रुपैयाँ बराबरको विद्युतीय सिगरेट (भेप) आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको भेप भित्रिएको हो ।नेपालमा विश्वका विभिन्न ९ वटा मुलुकबाट भेप आयात हुने गरेको छ । जसमध्ये, चीन, भारत, अमेरिका, बेलायत, जर्मनी, मलेसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स भेप आयात भएको भन्सार विभागको तथ्याङ्क छ । यी मुलुकमध्ये चीनबाट सबैभन्दा धेरै २ करोड ६७ लाख रुपैयाँको भेप आयात भएको छ ।यस्तै, संयुक्त

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ । चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ ह

दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको तरकारी र फलफूल नेपाल भित्रियो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौमा आठ अर्ब ३६ करोड  ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको छ । यस्तै पाँच अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ । विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो । यस्तै दुई महिनामा ...

एक वर्षमा नेपाल भित्रियो साढे २ अर्बभन्दा बढीको फेसमास्क

काठमाडौं।नेपालमा एक वर्षमा साढे २ अर्बभन्दा बढीको फेसमास्क विभिन्न देशबाट भित्रिएको पाइएको छ।गत आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न देशबाट २ अर्ब ५० करोड ८४० रुपैयाँको ३५ करोड ९८ लाख २ हजार १४४ थान मास्क नेपालले आयात गरेको विभागले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी फेसमास्क आयात गरिएको थियो।

नेपाल भित्रियो ४३ करोडको राइस कुकर

काठमाडौं। नेपालले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४३ करोड १२ लाख रुपैयाँको राईस कुकर आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार उक्त मूल्यमा चारलाख २४ हजारवटा राइस कुकर भित्रिएको हो। यसबापत सरकारले १२करोड ५७लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको विभागले जानकारी दिएको छ। पछिल्लो समय नेपालमा विद्युत उत्पादन बढ्न थालेपछि सरकारले विद्युतीय सामाग्रीको प्रयोग बढाउन अनुरोध गर्दै आएको छ।

भारतबाट दश महिनामा ८ खर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

काठमाडौं।चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालमा भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोड ७ लाख ४२ हजार रुपैयाँको विभिन्न प्रकारका वस्तुहरु भित्रिएको छ।नेपालले सो अवधिमा आयात गरेकोमध्ये ६५.०३ प्रतिशत भारतबाट मात्र रहेको भन्सार विभागले जनाएको छ।विभागका अनुसार सो अवधिमा नेपालले विभिन्न देशबाट १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो।

तीस हजार सिरिन्ज नेपाल भित्रियो

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न नेपालमा ३० हजारवटा सिरिन्ज आयात भएको छ। अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार सिरिन्जपछि ९,२०० पल्स अक्सिमिटर, १२० फेस सिल्ड र २१६ मेडिकल फर्निचर आयात भएको छ। यसै गरी दोस्रो लहर फैलिएपछि १,८१,१८२ वटा मेडिकल उपकरण ल्याइएको भने ६,६०२ औषधि भन्सारबाट भित्रिएको छ।